एलन मस्कलाई उछिन्दै जेफ बेजोस फेरि बने विश्‍वकै धनी व्यक्ति

काठमाडौँ — बहुराष्ट्रिय कम्पनी अमेजनका संस्थापक जेफ बेजोस ६ हप्तापछि विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीको शीर्ष स्थानमा फर्किएका छन् ।
प्रविधि व्यवसायी एलन मस्कको कम्पनी टेस्लाको सेयरमा मंगलबार २.४ प्रतिशत(४.५ बिलियन डलर) ले गिरावट आएपछि जेफ बेजोस धनी व्यक्तिको सूचीको पहिलो स्थानमा फर्किएका हुन् ।

ब्लूमबर्गको अर्बपतिको सूचीमा जेफ बेजोसले पनि स्छक मार्केटमा केही मात्रामा सम्पत्ति गुमाएका छन् । ब्लूमबर्गका अनुसार बेजोसले ३७२ मिलियन अमेरिकी डलर गुमाएका छन् । बेजोस १९१ बिलियन डलर सम्पत्तिसहित धनी व्यक्तिको सूचीको पहिलो स्थानमा रहँदा मस्क भने १९० बिलियन डलरसहित दोस्रो स्थानमा रहेका छन् ।

गत जनवरीमा मस्कको कम्पनीको सेयर एकाएक आकासिएपछि उनी विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । यसै वर्ष इलेक्ट्रिक कार निर्माता टेस्लाको बजार मूल्य ह्वात्तै बढेको थियो ।

माइक्रोसफ्टका संस्थापक बिल गेट्स भने १३७ बिलियन अमेरिकी डलरसहित विश्वकै तेस्रो धनी व्यक्तिका रुपमा रहेका छन् । त्यस्तै चौथो नम्बरमा फ्रान्सेली व्यवसायी बर्नाल्ड आर्नल्ट र पाँचौं नम्बरमा फेसबुकमा संस्थापक मार्क जुकरबर्ग रहेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्