निर्वाचनमैत्रि वातावरण बनाउन प्रमुख आयुक्त थपलियाको आग्रह

काठमाडौँ, फागुन ८ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूले निर्वाचनका लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने बताएका छन् । उनले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने आयोगको अर्जुनदृष्टि रहेको पनि स्पष्ट गरे ।

आयुक्त दिनेशकुमार थपलिया


इतिहासको विरासत र साखलाई खुम्चन नदिई आयोगलाई उत्कृष्ट निर्वाचन व्यवस्थापन निकायको रूपमा पहिचान दिलाउन कृतसङ्कल्पित भई निरन्तर प्रयासरत रहने उनले प्रतिबद्धता जाहेर गरे ।
आयोगले पाँचौँ निर्वाचन दिवसका अवसरमा शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख थपलियाले स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न गराउन प्राविधिक तथा व्यवस्थापकीय रूपमा आयोग सक्षम रहेको धारण राखे ।


यसैगरी निर्वाचन आयुक्तद्वय नरेन्द्र दाहाल र डा. जानकीकुमारी तुलाधरले आसन्न निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दल, मतदाता, सरोकारवाला र कर्मचारीलाई आआफ्नो भूमिका र जिम्मेवारीका साथ क्रियाशील हुन समते आह्वान गरे । निर्वाचन आयोगले ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने मूल नाराका साथ पाँचाँै निर्वाचन दिवस मनाएको छ । आयोगले २०१५ सालमा पहिलो पटक मतदान भएको दिनलाई स्मरण गर्दै फागुन ७ गते निर्वाचन दिवस मनाएको हो । निर्वाचन दिवसका अवसरमा आयोजित ‘निर्वाचन’ विषयक कविता प्रतियोगिताका विजयी र उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्