महेन्द्रनगर ८ फाुगन ।
नेपाल कम्यनिष्ट पार्टी(नेकपा) ओली पक्षको कञ्चनपुर जिल्ला कमिटि सचिवमा सुरेन्द्र विष्ट चयन भएका छन् । भीमदत्त नगरपालिका नगर प्रमुख समेत रहेको विष्टलाई नेकपा प्रदेश अध्यक्ष कर्ण बहादुर थापाले शनिबार पद तथा गोपयनिताको शपत दिलाए ।

नेकपा पार्टी विभाजनपछि लामो समयसम्म नखुलेका नगर प्रमुख विष्ट केहिदिन अघिमात्रै ओली पक्षमा खुलेका थिए । तत्कालिन एमालेको जिल्ला कमिटि सचिवको जिम्मेवारी समाली सकेका विष्टलाई नेकपा ओली समुहको जिल्ला सचिवको जिम्मेवारी दिईएको हो ।

नेकपा अध्यक्ष एंवम् प्रधानमन्त्री केपी शर्मा र प्रचण्ड–माधव समुह छुट्टीएर पार्टी विभाजनको अवस्थामा छ ।

