गौरिका र मन्देकाजीलाई सर्वोत्कृष्ट खेलाडी अवार्ड

काठमाडौँ — अपेक्षा अनुसार नै पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठले शनिबार एनएनआईपी उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले मध्यपुर थिमीको निगू पुखुमा आयोजित कार्यक्रममा उनीहरू २६ खेलका उत्कृष्ट २६ खेलाडीमध्ये महिला र पुरुषमा सर्वोत्कृष्ट चुनिएका हुन् ।

गौरिका सिंह र मन्देकाजी श्रेष्ठ

दुवैले एकरएक लाख रुपैयाँ पनि पाए । यसै पल्टदेखि थप गरिएको उदयमान खेलाडीको अवार्ड पुरुषमा गल्फका सुवास तामाङ र महिलामा कुस्तीकी संगीता धामीले जिते । प्रतिभावान खेलाडीको अवार्ड भने पुरुषमा फुटबलका सुजल श्रेष्ठ र महिलामा तेक्वान्दोकी आयशा शाक्यले जिते । सबै खेलका उत्कृष्ट २६ खेलाडीलाई एनएनआईपीएस खेलाडी अवार्ड पनि दिइएको थियो ।

मध्यपुर थिमी नगरपालिकाको आथित्यमा भएको कार्यक्रममा करातेका प्रशिक्षक अकबर शाहलाई गजराज आर्दश खेलाडी अवार्ड प्रदान गरियो । पारा एथलेटिकको अवार्ड भने टेबल टेनिसका केशव थापाले प्राप्त गरे । यस्तै एनएनआईपी पत्रकापरिकाको पुरस्कार खेल पत्रकार रोशन सिंहलाई प्रदान गरियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्