दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली भोलि सुदूरपश्चिम आउँदै

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओली भोलि सुदूरपश्चिम प्रदेश आउने भएका छन् ।

कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न उनी सोमबार आउने भएका हुन्।

प्रधानमन्त्री ओली आउने तयारी पुरा भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए ।

प्रेस सङ्गठन नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टले औद्योगिक क्षेत्रको प्रधानमन्त्रीले सोमबार शिलान्यास गर्ने र त्यसको सबै तयारी पुरा भएको बताए ।

पहिलो पटक प्रदेशमा निर्माण हुने औद्योगिक क्षेत्रको प्रदेशको मात्रै नभई मुलुकै व्यापार घाटा कम गर्न मद्दत गर्ने मन्त्री भट्टको भनाइ थियो । उनले सुदूरपश्चिम प्रदेशबाटै अब विकासको गति सुरु हुने समेत बताए ।
‘अहिले सम्म प्रदेशमा औद्योगिक क्षेत्र नहुँदा यहाँ निकै समस्या थियो,’ मन्त्री भट्टले भने ,‘अब प्रदेशको मात्रै होइन मुलुकको आर्थिक समृद्धिमा पनि असर पुग्छ । व्यापार घाटा कम हुन्छ ।’

९ अर्ब लगानीमा ५ वर्ष भित्र औद्योगिक क्षेत्र निर्माण सम्पन्न हुने समेत उनले जानकारी दिए । यस अघि २५ पुसमा नेकपाका ओली समूहले आयोजना गरेको आम सभामा सहभागी हुन प्रधानमन्त्री ओली सुदूरपश्चिम आएका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्