निर्मलाका हत्यारा खोज्ने अधिकारकर्मी पक्राउ

महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाउने ६ जना अधिकारकर्मी समाजसेवीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अधिकारर्मी शारदा चन्द, आन्नदी राना, लक्ष्मी मल्ल, निर्मला जोशी भट्ट, खडक बिष्ट, र मिना भण्डारी रहेका छन् । उनिहरुलाई ईलाका प्रहरी कार्यालय झलारीमा राखिएको छ ।

दैजी बजारमा आफुहरुले ‘निर्मला पन्तको बलात्कारी खै ? लेखेको टिसर्ट लगाएर उभिएको मात्र थियौ, आफुहरु माथी प्रहरीले धडपकड गरेको र एकजना सहकर्मी आन्नदी राना घाईते भएको अधिकारर्मी शारदा चन्दले बताईन् ।

निर्मला पन्तलाई बलत्कार गरेर मारेकोे तिन बर्ष पुग्दा समेत अहिले को सरकारले हत्यारा पत्ता नलगाउदा आफुहरुले निर्मलाको न्यायको लागि टिशर्ट लगाएर कुनै पनि गलत क्रियाकलाप नगरेको उनले बताईन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्