सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन रोजगारदाता र श्रमिकबिच अन्तरक्रिया

महेन्द्रनगर ११ फागुन ।
सामाजिक सुरक्षा कोषद्धारा सञ्चालित योजनाबारे जानकारी गराउन श्रमिक र रोजगारदाताबिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । मंगलबार महेन्द्रनगरमा सामाजिक सुरक्षा कोषको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

कोषका कानुन सहायक कपीलजङ्ग रावलले रोजगारदाता र श्रमिकलाई सामाजिक कोषमा आवद्ध गराउन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताए । उनका अनुसार कार्यक्रममा सामाजिक कोषका योजनाबारे श्रमिक र रोजगारदातालाई जानकारी दिएको छ ।
सामाजिक सुरक्षा कोषमा योगदान गर्ने रोजगारदाता र श्रमिक दुवैलाई फाईदा हुने बताउँदै कानुन सहायक रावलले भने ‘कोषका योजनाबारे सबै ठाउँमा जानकारी दिने उद्देश्यले कार्यक्रम गदैँ आईरहेका छौँ, कोषमा जोडिन मासिक तलबको व्यवसायिक प्रतिष्ठानले २० प्रतिशत र श्रमिकले १० प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ ।’ सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले पेन्सन (निवृत्तिभरण) र अवकाश दुवै सुविधा लिन पाउने छन् ।

रोजगारदाताका तर्फबाट २० प्रतिशत र श्रमिकका तर्फबाट न्यूनतम तलबको ११ प्रतिशत गरी ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ । योगदानकर्ताले आउँदो असार मसान्तभित्र कोषमा रकम जम्मा गरेमा पेन्सनबापत जम्मा हुने २० प्रतिशत रकमलाई अवकाश सुविधा योजनामा राखिनेछ ।
कोषमा जोडिदाँ राज्यबाट श्रमिक र रोजगारदाताले विभिन्न शौलियत ऋण, उपचार खर्च, कर छुट लगायतका सुविदाँ पाउने उनले बताए । त्यस्तै कोषका बरिष्ठ प्रशासन सहायक बोमलाल पराजुलीले कोषसँग श्रमिक र रोजगारदाता जोड्न विभिन्न कार्यक्रम गरिदैँ आएको बताए । उनका अनुसार सुदूरपश्चिमको धनगढी, महेन्द्रनगर, शुक्लाफाटा, टिकापुर लगायतका स्थानहरुमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

साथै कोषसँग आवद्ध श्रमीकको उपचारको व्यवस्था मिलाउन विभिन्न निजि तथा सरकारी अस्पतालसँग एमओयू समेत गरिएको उनको भनाई छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै होटल व्यवसायिक संघ नेपालका पर्यटन उपाध्यक्ष प्रमानन्द भण्डारीले श्रमिकलाई लामो समयसम्म सेवा टिकाउन सामाजिक सुरक्षा कोषको आवद्धता महत्वपुर्ण हुने बताए । उनले सरकारले स्पष्ट नीतिका साथ कोषमा जोडिन रोजगारदाता र श्रमिकलाई सहज वातावरण बनाउनु पर्नेमा जोड दिए ।


त्यस्तै उद्योग वाणिज्य संघ कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले सबैले सामाजिक सुरक्षा कोषमा जोडिनुपर्ने नीजि क्षेत्रको पनि धारणा रहेको बताए । कोषले साना र मझौला व्यवसायसँग आवद्ध रोजगारदाता र श्रमीकलाई ध्यान दिनुपर्ने उनको भनाई छ ।

होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदिशचन्द्र भट्टले सामाजिक सुरक्षा कोषमा जोडिन सर्वप्रथम सरकारले व्यवसाय प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । उनले व्यवसाय स्तरीकरण गर्नसके कोषमा जोडिन सहज हुने धारणा राखे । कार्यक्रममा विभिन्न ट्रेड युनियनका पदाधिकारी, रोजगारदाता व्यवसायी र श्रमिकको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्