ENGLISH

गोसाईकुण्ड यात्राः प्राकृतिक साहसिक र अध्यात्मवादको समिश्रण

केशव कुमार मलाशी
पकृतिको धनी देश नेपालको राजधानी काठमाडौ देखी ११७ किलोमिटरको दुरीमा रहेको रसुवा जिल्लाको सदरमुकाम धुन्चे तिरको यात्रा यसपालि अल्लगै अनि बेग्लै रहन गयो। चिसो मौसमसँगै हिउँदको समयमा भव्य रुपमा देखिने हिमश्रिखँलाहरु सँग मित्रता गाँस्नका लागि काठमाँडौ फरेष्ट्री कलेज प्राकृतिक श्रोत व्यवस्थापन तथा ग्रामीण विकास स्नात्तकोतर तहमा अध्यनरत म लगायत १७ जनासँगै डा. सुरज शर्मा र प्रसिद्ध कँडेल सरहरुको टोली विषयगत क्षेत्रहरुमा फिल्ड स्तरीय ज्ञान, सीप र दक्षता विकासका लागि अघि बढिरहेका थियौ।
ग्रामीण पर्यापर्यटन प्रर्वदन, ग्रामीण तहमा घरेलु उधोग विकास, हिमाली तथा पहाडी क्षेत्रमा विपद जोखिम व्यवस्थापन लगायतका विषयसँग सम्बन्धित क्षेत्रहरुको अध्यन अवलोकन भ्रमण गर्दे जाने क्रममा एउटा अविस्मरणीय पदयात्राको माहोल सिर्जना हुन गयो। गोसाईकुण्ड गाउँपालिकाको वडा नं ५ मा अवस्थित अति रमणिय पर्यटकीय क्षेत्र तथा प्राकृतिक हिसाबले ज्यादै धनी र धार्मिक महत्व बोकको चर्चित पर्यटकीय गन्तव्य तथा स्वर्गको एक टुक्राको नाम हो गोसाईकुण्ड।


गोसाईकुण्ड ताल हिमाली भागको अल्पाईन क्षेत्रमा ताजा पानीको ताल हो जुनकरिब ६०० मिटर लम्बाई सँगै ३७० मिटर चोडाईमा फैलिएको छ। लामटाङ राष्टिय निकुञ्जको क्षेत्रभित्र ४३८० मिटरको उचाँईमा रहेर रामसार क्षेत्रमा सुचीकृत यस तालको वरीपरी अन्य थुप्रै कुण्डहरु जस्तै सरस्वती कुण्ड, भैरव कुण्ड, सुर्य कुण्ड, रक्ताकुण्ड, चन्द्रकुण्ड, आमकुण्ड र दुध कुण्ड रहेका छन। हिन्दु पौराणिक कथनअनुसार गोसाईकुण्ड क्षेत्र हिन्दु देवता शिव र देवी पार्वतीको बास स्थानका रुपमा रहेको कुरा चित्रण गरिएको छ।

विभिन्न हिन्दु धर्मशास्त्रहरुले समुद्र मथँन गर्दा निस्किएको विषपान भगवान भोलेनाथले गरिसकेपछि आफनो जलिरहेको घाटीलाई शीतलताका लागि पानी निकाल्नलाई पहाडमा त्रिशुल खसाल्दा यो तालको उत्पति भएको हो भन्ने धार्मिक विश्वास गरिन्छ ।
हिन्दु धर्मालम्बीहरु जस्तै बौद्ध धर्मावलम्बीहरुका लागि पनि यो ताल विशेष महत्व राख्ने कुरा हाम्रा पथ पर्दशक नीर बहादुर तामाङले यात्राका क्रममा बताउनुभयो । उहाँका अनुसार तामाङ समुदायका दिवँगत व्याक्तिको श्रदाभावका लागि यो पवित्र तालको भम्रण गर्ने र उनीहरुको भलाईको कामना गर्ने गर्दछन भन्ने रहेको थियो।

हिमाली जडीबुटी पदमचालको अचारसँगैको खाना थपीथपी खाईसकेपछिको गन्तव्यतिरको लगातार उकालोले बिच बिचमा सुस्ताउदै २ फिट जमेको हिँउमा पाईला चाल्दै गर्दा लाग्थयो कि हामी कुनै हिमश्रिखँलाको यात्रामा अगाडि बढिरहेका छौ। खुटाका पैतालाहरुमा कठोर चाप पर्दापर्दे मुटुको धडकन तेज गतिमा बढदाबढदै अनि चिसो सिरेटोले शिरलाई पिडा दिदादिदै मनमष्तिकमा एक किसिमको छुटै तरँग जसका अगाडि सबै पिडा थकाईहरु फिक्का पर्दा रहेछन।


धर्मिक सहिष्णुताको महत्वसँगै ऐतिहासिक पृष्ठभुमिको बारेमा यो क्षेत्रको चर्चा गर्दा एगँलो नेपाल युद्धको बेला पश्चिमी मोर्चाका नेपाली सेनापति अमरसिँह थापा गोसाईकुण्डको यात्रामा गएका थिए र तीर्थयात्राको क्रममा अन्तिम सास यही लिएका थिए। आज उहाँको देशभक्तिको सम्मान र सम्झनामा समेत गोसाईकुण्डको महिमा अझ अपार छ।
साहसिक पदयात्रामा हुने सुविधाहरु मौसम अनि मानिसहरुमा भर पर्ने रहेछ। छिन छिनमा परिवर्तन हुने घाम सँगैको तुवालो अनि बिच बिचमा हसाँईरहने साथीहरुको रमाईलो टिमले बाटो कटेको पत्तै नहुने रहेछ। धुन्चे देखी भार्कु १ घण्टासम्म बसको यात्रापछि फेरी करिब २ घण्टा उकालो तेस्रो बाटो हुदै स्यार्फुबेसीको शक्तिबर्दक २ गिलास जडीबुटीवाला चियाको स्वाद चाखियो।

त्यसपछि चन्दनबारीको उकालो चढदै गर्दा २ घण्टा जतिको टुटेफुटेको अग्रेजी सँवाद, झमम्कै रात पर्दापनि साथ दिएको जुनेली रात, साथीभाई बिचको एक अर्कालाई गर्ने सहयोगी परिपाटी, साहस र उर्जाबर्दक कथाहरुको समीश्ररण हुदै जादाँ जतिसुकै कठिन यात्रा पनि सहज बन्न जाँदो रहेछ।
चन्दनबारीमा रहेको ऐतिहासिक मठ जसलाई स्थानियहरुले सिँग गोम्पा भनेर चिनाएपछि त्यही रहेको होटेल रेड पाण्डा एण्ड लजमा जर्मन प्रविधि द्दारा निर्मित आगो ताप्ने औजारको उपयोगसँगै न्यानो बसाँई पश्चात बिहानैको यात्रा शपथ ग्रहण समारोह जसमा हामी सबैको उत्कृष्ठ गोसाईकुण्डको यात्राको अभिलाषा व्यक्त गरियो। जस्तोसुकै अवस्थामा पनि स्वत स्र्फुत स्वेछिक तवरले अगाडि बढन सक्षम र सबल छौ भन्दा खेरीको उर्जाले सामुहिक हौेसला र साहस प्रतिविम्बित गरेको थियो। हलिउड प्रसिद्ध अभिनेता लिओ नार्दो डिकारपियोको द रेभन्नटको छायाँकन गरिएको जस्तो आभाष हुने हिँउ बिचको घना जगँल देखि लौरीबिना सम्मको उकालो कटाउनलाई आत्मविश्वास बढाएको थियो।

कुण्डमा हिउँका ढिक्काहरु सँग खेल्दै वरीपरीका हिमालहरुसँगको मितरीले मेटिने थकान र आन्नदले मानिसलाई जिउँदै स्वर्ग पुगेको अनुभुती दिलाँउदो रहेछ।


चन्दनबारीबाट करिब साढे ३ घण्टाको उकालो पश्चात ३९०० मिटरको उचाईमा रहेको लौरी बिनास्थित होटेल माउन्ट रेस्टमा आराम लिदै गर्दा कैद गरिएका फोटो र भिडियोहरु सँगै शिव भक्तबाबाको मन्त्र ज्ञानले गोसाईकुण्ड सँगको मिलनमा पाकृतिक तथा आध्यामिक तवरले आकर्षित गराईको आभाष हुन्थयो।
हिमाली जडीबुटी पदमचालको अचारसँगैको खाना थपीथपी खाईसकेपछिको गन्तव्यतिरको लगातार उकालोले बिच बिचमा सुस्ताउदै २ फिट जमेको हिँउमा पाईला चाल्दै गर्दा लाग्थयो कि हामी कुनै हिमश्रिखँलाको यात्रामा अगाडि बढिरहेका छौ। खुटाका पैतालाहरुमा कठोर चाप पर्दापर्दे मुटुको धडकन तेज गतिमा बढदाबढदै अनि चिसो सिरेटोले शिरलाई पिडा दिदादिदै मनमष्तिकमा एक किसिमको छुटै तरँग जसका अगाडि सबै पिडा थकाईहरु फिक्का पर्दा रहेछन। पकृति नै यस्तो अपार अनि अनुपम चिज रहेछ जसले हरेक प्राणीको जीवनलाई आमाले आफनो सन्तानको सुरक्षा गरेजस्तै गर्दो रहेछ।
पदयात्रामा हिडदै गर्दा बाटोमा भेटिने पदयात्रीहरुले ल अब आईपुग्नै लाग्यो है अलिक बल गनुहोस भन्दा अनि सँगैका साथीहरुले होस्टेमा हैसे गदैगर्दा मनमा आत्मविश्वासको तह झन झन बढदै जाने रहेछ।
देउराली, ढिम्सा, चन्दनबारी, चोलाङ्घपाटी, लौरी बिना र बुद्ध मन्दिर जस्ता सुन्दर स्टेशनहरुलाई थकाई मार्ने स्थलका रुपमा प्रयोग गर्न सकिदो रहेछ। जति उकालो चढदै गयो त्यति थकान महशुस हुन्छ तर मन भने थकान भन्दा धेरै गुणाले चङ्घगाझै फुरुङ्घग बन्दो रहेछ।


पल्लो डाँडापारि देखिने गणेश हिमालको हिमश्रिखँलाले सबै थकान पिडा भुलाईदिन्छ। निरन्तरको ठाडो उकालो छिचोलेपछि भेटिने बुद्ध मन्दिरमा थकाई मारेपछि राहतको अनुभुति महशुस हुँदो रहेछ। त्यसपछिको करिब दुई घण्टाको यात्रा भने उकालो नभएर रेलिङको सहारामा तेस्रो त छ तर सो खण्डमा जोखिम भने अलि बढी नै उठाउनुपर्दो रहेछ। मथि नाकै ठोक्किने भीर र तल त्रिशुली नदीको जोखिम मोल्दै हिउँमा गाडिएका पाईला चलाउँदै गोसाईकुण्ड पुगेपछि जो कोहीले सबै ग्राहो बिर्सदा रहेछन । कुण्डमा हिउँका ढिक्काहरु सँग खेल्दै वरीपरीका हिमालहरुसँगको मितरीले मेटिने थकान र आन्नदले मानिसलाई जिउँदै स्वर्ग पुगेको अनुभुती दिलाँउदो रहेछ।
मध्य पुर्वको हिमाली क्षेत्रमा रहेको यो ठाँउको अवस्थाले धेरै कुरा सिकाएको छ। जस्तोसुकै भौगालिक विकटताका बीच पनि आफनो ठाँउ आफै बनाऔ आफै चिनाऔ भन्ने ध्येयका साथ सामुहिक तरिकाले होमस्टेहरु १० देखि १५ दिनसम्म एक परिवारले चलाउने व्यवस्था मिलाईएको हुने रहेछ। विभिन्न प्रजातिको गुराँसको फुलहरुसँगै लौठ सल्लाको जगँलमा दुर्लभ वन्यजन्तुहरु जस्तै रेड पाण्डा, कस्तुरी मृग र चराहरुको बासस्थान सरँक्षणले धेरै महत्व झल्काएको छ। हिमालय क्षेत्रमा कृषि क्रियाकलाप , चौरीपालन र चीज उधोग, जडीबुटी र लौठ सल्लाको उपयोगका बारेमा बुझन सकिन्छ। पदयात्रा गर्दे गर्दा तामाङ समुदायको धेरै बस्तीहरु हुदै जान्छ जो सँग उहाँहरुको विशिष्ट परम्परा र सँस्कृति छ। तामाड समुदायको रहनसहन, परमपरागत सीपका बारेमा पदयात्रीहरुले स्वतन्त्ररुपमा स्थानीयहरुसँग कुरा गर्न सक्दछन र उहाँहरुको पाकृतिक जीवन, सामुदायिक आत्मीयता र सँस्कृतिबाट धेरै कुरा सिक्न पनि सक्दछन।


पाकृतिकसँगै आध्यातिमक तिर्खा मेटन साहसिक खोजी देखि ईतिहास लिनको लागि गोसाईकुण्डको यात्राले तपाईका सबै अपेक्षाहरु पुरा गर्नेछ । तर तपाई गोसाईकुण्डको यात्रा लिने निर्णय गर्नुअघि शारिरिक र मानसिक रुपमा तयार रहनुहोस। यो उच्च उचाईको पदयात्रा हो र यसका लागि पथ प्रदर्शकसँगै सुरुमा ढिलो हिडने सल्लाह दिईन्छ।

जब तपाँई बिस्तारै माथि जानुहुन्छ, अक्सिजन स्तर घटद्छ त्यसैले रणनितिक हिड्नुहोस, ढिलो र स्थिर र आफैलाई सास फेर्न समयदिनुहोस अनि सयँमताका साथ अगाडि बढनुहोस । मधपान र धुम्रपानको बिलकुलै प्रयोग नगरनुहोस बरु लसुन र अदुवाको सेवनले तपाँईलाई उचाँईबाट हुने अप्ठयारोलाई कम गर्न सहयोग पु¥याउँदो रहेछ।
फर्किदा खेरी धुन्चेतिर ओरालो लाग्दै गर्दा हेर्न पाईने हरियो वन, वारीपारीका झरना र छङछङ बगेको त्रिशुली नदीको आवाज र बनस्पतिहरुको सुगन्धले थकानयुक्त यात्रालाई स्वर्णिम बनाएको चालै पाईदैन।
यदी तपाइ कुनै निडर प्रकारको पकृतिमा रमाउन चाहनुहुन्छ भने आउनुहोस गोसाईकुण्डको यात्रा तय गर्नुहोस । यो पदयात्रा केवल पदयात्राको लागि मात्र नर्गनुहोस ः पछाडी उभिनुहोस , गुरासको सुगन्ध लिनुहोस, सेताम्मे हिमालहरु हेर्नुहोस र ताजा हिमाली हावामा सास लिनुहोस अनि फेरी अगाडी बढनुहोस ।
(लेखक काठमाँडौ फरेष्ट्री कलेजमा स्नात्तकोतर तहमा अध्यनरत हुनुहुन्छ। )

मितजी TV
Video thumbnail
बन्यजन्तु मैत्री विकास निर्माण गर्न अत्यन्त जरुरी। तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा ड्रोन गस्ती
05:47
Video thumbnail
We are on the road for you. Please stay at home for us - DSP Amar B. Thapa
03:00
Video thumbnail
बि बि मार्टका सञ्चालक लाई प्रहरीले किन पक्राउ गर्यो?
03:20
Video thumbnail
स्वास्थ्यकर्मी र सामाग्री अभावका बिच कोरोनासंग लड्दै छौ: अध्यक्ष जोशी
14:06
Video thumbnail
गड्डाचौकी सीमा नाकामा बिना कारण रोकर राखेको भन्दै अक्रोसित नेपाली नागरिक!
02:18
Video thumbnail
महेन्द्रनगरलाई शैक्षिक नगरीकाे रुपमा विकास गर्नुपर्छ Prof. Dr. Amma Raj Joshi
45:17
Video thumbnail
महाकाली पुल आयोजनामा आफ्नो जमिनको क्षतिपूर्ति नपाएका स्थानीय आक्रोषित । #MahakaliCorridor
04:36
Video thumbnail
वेदकोट नगरपालिकाको मुख्य बजार (दैजी) धुलाम्य, स्थानीय आन्दोलित
11:27
Video thumbnail
Interview with Chief Administrative Officer of Bhimdatt Municipality | Mitjee Bahas
32:09
Video thumbnail
महाकाली नदीमा कामदारहरुको जीवन। Struggle of workers in Mahakali river
24:41

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्