सामाजिक सुरक्षा कोष, रोजगारदाता र श्रमिकबिच टिकापुरमा अन्तरक्रिया

महेन्द्रनगर १२ फागुन ।
सामाजिक सुरक्षा कोषद्धारा सञ्चालित योजनाबारे जानकारी गराउन श्रमिक र रोजगारदाताबिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । बुधबार कैलालीको टिकापुरमा सामाजिक सुरक्षा कोषको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कोषका कानुन सहायक कपीलजङ्ग रावलले रोजगारदाता र श्रमिकलाई सामाजिक कोषमा आवद्ध गराउन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताए । उनका अनुसार कार्यक्रममा सामाजिक कोषका योजनाबारे श्रमिक र रोजगारदातालाई जानकारी दिएको छ ।

सामाजिक सुरक्षा कोषमा जोडिदाँ रोजगारदाता र श्रमिक दुवैलाई फाईदा हुने बताउँदै कानुन सहायक रावलले भने ‘कोषका योजनाबारे सबै ठाउँमा जानकारी दिने उद्देश्यले कार्यक्रम गदैँ आईरहेका छौँ, कोषमा जोडिन मासिक तलबको व्यवसायिक प्रतिष्ठानले २० प्रतिशत र श्रमिकले ११ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ ।’ सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले पेन्सन (निवृत्तिभरण) र अवकाश दुवै सुविधा लिन पाउने छन् ।

रोजगारदाताका तर्फबाट २० प्रतिशत र श्रमिकका तर्फबाट न्यूनतम तलबको ११ प्रतिशत गरी ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ । योगदानकर्ताले आउँदो असार मसान्तभित्र कोषमा रकम जम्मा गरेमा पेन्सनबापत जम्मा हुने २० प्रतिशत रकमलाई अवकाश सुविधा योजनामा राखिनेछ ।


कोषमा जोडिदाँ राज्यबाट श्रमिक र रोजगारदाताले विभिन्न शौलियत ऋण, उपचार खर्च, कर छुट लगायतका सुविदाँ पाउने उनले बताए । त्यस्तै कोषका बरिष्ठ प्रशासन सहायक बोमलाल पराजुलीले कोषसँग श्रमिक र रोजगारदाता जोड्न विभिन्न कार्यक्रम गरिदैँ आएको बताए । उनका अनुसार सुदूरपश्चिमको धनगढी, महेन्द्रनगर, शुक्लाफाटा, टिकापुर लगायतका स्थानहरुमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । साथै कोषसँग आवद्ध श्रमीकको उपचारको व्यवस्था मिलाउन विभिन्न निजि तथा सरकारी अस्पतालसँग एमओयू समेत गरिएको उनको भनाई छ ।
अन्तरक्रिया कार्यक्रममा निजि स्कुल सन्चालक ,कर्मचारी ,उद्योग वाणिज्य संघ टिकापुर , सहकारी क्षेत्र का प्रतिनिधि, श्रमिक ,मिडियाका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि ,शिक्षक संघसंगठनका प्रतिनिधि ,ट्रेड युनियनका प्रतिनिधिको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्