चौँथो शुक्लाफाँटा पर्यटन महोत्सवः साइकल रेस प्रतियोगितामा विष्ट प्रथम

महेन्द्रनगर । पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले कञ्चनपुरको भीमदत्त नगरपालिकाद्धारा आयोजित शुक्लाफाँटा पर्यटन महोत्सवको अवसरमा आयोजित साइकल रेस प्रतियोगितामा भीमदत्त नगरपालिका–३ का भुवन विष्ट प्रथम भएका छन् ।

चौँथो शुक्लाफाँटा पर्यटन महोत्सवको अवसरमा भीमदत्त नगरपालकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बुधबार आयोजित साइकल रेस प्रतियोगितामा भीनपा–३ का भुवन विष्ट प्रथम, अमृत धामी द्धितृय,भीनपा–४ का अशोक धामी तितृय र भीनपा–९ का कृष्ण सिंह बुढा चतुर्थ भएका भीमदत्त नगरपालिका पर्यटन विकास समितिका सचिव दिनेश राज भट्टले बताए ।

प्रतियोगितामा ९ जना खेलाडी सहभागि थिए । भट्टका अनुसार प्रतियोगितामा प्रथम,द्धितृय,तितृय र चतुर्थले क्रमश ७ हजार, ५ हजार ५ सय,४ हजार र २ हजार ५ सय नगद पुरस्कार पाउने छन् ।

पर्यटन विकासका लागि महोत्सवमा विभिन्न प्रतियोगिता तथा कार्यक्रम आयोजना गरिएका छन् ।

जसअन्तर्गत साइकल रेस प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्