निड्स नेपालद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण


महेन्द्रनगर १२ फागुन ।
कञ्चनपुर स्थीत सामाजिक संस्था निड्स नेपालले स्वास्थ्य सामाग्री हस्तान्तण गरेको छ । बुधबार निड्सले स्वास्थ्य कार्यालय कञ्चनपुरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । निडस नेपालको ‘स्वच्छताका लागि व्यवहार परिर्वतन परियोजना’ संयोजक प्रयागराज रेग्मीले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि सहयोग पु¥याउने उद्देश्यका साथ सामाग्री हस्तान्तरण गरिएको बताए ।


उनका अनुसार स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारलाई आईशोलन किटयुक्त सामाग्री हस्तान्तरण गरिएको हो । स्वास्थ्य सामाग्रीमा पल्स अक्सीमिटर, थर्मोमिटर, ग्लोबस्, स्यानीटाईज र मास्क रहेका छन् । निड्सले चार सय जनालाई लक्षीत गरि उक्त सामाग्री कार्यालय हस्तान्तरण गरेको संयोजक रेग्मीको भनाई छ । जसमा मास्क चार सय जनाले दैनीक तिन वटासम्म प्रयोग गर्न मिल्नेछ ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै कार्यालय प्रमुख सुनारले सहयोगी दातालाई धन्यवाद दिए । स्वास्थ्य सामाग्री ओईशोलनमा रहेकालाई वितरणका लागि सहज हुने उनको भनाई छ ।


कोरोना संक्रमण नियन्त्रणका लागि अक्सफाम नेपालको प्राविधिक सहयोग रहेको परियोजना भीमदत्त नगरपालिकाका ८ वटा वडा २,९, १०,११, १२,१३,१८ र १९ मा सञ्चालनमा छ । परियोजनामार्फत व्यक्तिगत सरसफाई, लैंगिक समाजनता, महिला सचेतनासँगै विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण समेत भईरहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्