महेन्द्रनगर १६ फागुन ।
विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहका एक अध्यक्ष पुष्पमकल दाहालले हालै एक अन्तरवार्तामा दिएको अभिव्यक्तिलाई लिएर नेकपा ओली पक्षीय अनेरास्ववियूले आपत्ति जनाएको छ ।

संगठनका कार्यकर्ताहरुले आईतबार महेन्द्रनगर प्रदर्शन गर्दै प्रचण्डको अभिव्यक्तिको विरोध गरेका छन् ।अनेरास्ववियका केन्द्रीय सदस्य कोमल रोकायाले राष्ट्रियता विरोधी प्रचण्डको अभिव्यक्ति विरुद्ध आफुहरुले आपत्ति जनाएको बताए ।

‘हामीलाई देश र जनतालाई कम्फर्ट हुने नेता र सरकार चाहिएको छ नकी विदेशीलाई ।’ अनेरास्ववियका नेता रोकायाले भने यस्ता अभिव्यक्ति र नेताको हामी घोर भत्सर्ना गदछौँ ।’

प्रदर्शनका क्रममा ‘प्रचण्डको नेपाली नागरिकता खारेज गर, भारत कम्फर्ट सरकार नेपालीलाई होइन दलालहरुलाई चाहिएको हो, ओली बोल्दा भारत रिसाउने प्रचण्डको काम भारत रिझाउने, जनताको पक्षमा बालुवाटार भारतको पक्षमा खुमलटार’ लगायत नारा लेखिएका प्लेकार्ड सहित विभिन्न क्याम्पसबाट मदन चोकमा पर्दशन गरिएको हो ।

पदर्शनमा युवा संघ नेपालका केन्द्रीय सदस्य प्रशान्त भट्टसहितका अनेरास्वविय आवद्ध नेता विद्यार्थीको सहभागीता रहेको थियो । हालै प्रचण्डले प्राईम टेलिभिजनलाई दिएको अन्तरवार्तामा आफूहरुको समूहसहित कांग्रेस र जनता समाजवादी पार्टीको गठवन्धन बने भारतका लागि सबैभन्दा कम्फर्टेबल हुने अभिव्यक्ति दिएका थिए ।


