महेन्द्रनगर १७ फागुन ।
पछिल्लो समय लागु औषदका नियन्त्रणमा सक्रिय रहेको कञ्चनपुर प्रहरीले सोमबार लागु औषद र नगरसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्लाको बेलौरी नगरपालिका–१ बैहशाखी चोकबाट तीनजनालाई लागु औषद र नगदसहित नियन्त्रणमा लिईएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी उमा प्रशाद चुतुर्बदीले बताए । पक्राउ पर्नेमा भारतको लख्मिमपुर खिरी जिल्ला सम्पुर्णानगर घर भएको २६ वर्षीय धर्मेन्द्र कुमार, २५ वर्षीय शुभम भसिंन र सोही ठाउँ बस्ने ३० वर्षीय नितिन कुमार रहेका छन् ।

प्रहरी निरिक्षक कमल कुमार खड्का नेतृत्वको पाँच जनाको टोलीले भारतीय नंबर प्लेटको मोटरसाईकल चेकजाचका क्रममा लुकाईछिपाई राखेको ९ दशमलव ९०० ग्राम खैरो हिरोईन र ४२ हजार चार सय नगद बरामत गरेको हो । पक्राउ परेको तीनै जनामाथि थप अनुसन्धान भईरहेको एसपी चतुर्बेदीले जानकारी दिए ।