अपराध नियन्त्रणका लागि सार्वजनिक स्थानमा सचेतनामुलक होडिङ बोर्ड राख्दैँ वडा प्रहरी

महेन्द्रनगर २० फागुन ।
पछिल्लो समय सामाजिक अपराध नियन्त्रका लागि सक्रिय रहेको वडा प्रहरी कार्यालय महेन्द्रनगरले जनचेतना मुलक कार्यलाई प्राथमिकताका साथ अगाडी बढाएको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत कार्यक्रम सञ्चालन गरिरहेको वडाम प्रहरी कार्यालयले दोस्रो चरणको अभियान पनि सुरु गरेको हो ।

सामुदाय र विद्यालय स्तरमा सामाजिक अपराधबारे अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिरहेकोप्रहरीले सार्वजनिक स्थानमा सचेतनामुलक सन्देश सहितका होडिङ बोर्ड राख्ने कार्य सुरु गरिएको वडा प्रहरीका प्रमुख प्रहरी निरिक्षण अमर बहादुर माझीले बताए ।

उनका अनुसार समुदाय प्रहरी साझेदारी अन्तर्गत लागु औषध, साईबर क्राईम, महिला हिंसा नियन्त्रणका लागि सामुदायस्तरमै जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको हो ।


महेन्द्रनगरको भासी प्रहरी बिट, जनज्वती चोक, चम्मन चोक सहितका महेन्द्रनगर बजार क्षेत्रमा बिहीबार लागु औषध, महिला हिंसा र साइबर अपराध न्यूनीकरणका उपायसहितका होर्डिङ बोर्ड राखिएको वडा प्रहरीले जनाएको छ । जसमा अपराध नियन्त्रण र त्यसबारे सचेतनामुलक सन्देश राखिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्