नगर प्रमुख विष्टद्धारा नगर प्रहरीलाई दर्जनी चिह्न प्रदान, उत्कृष्ट नगर प्रहरी बन्ने गरि काम गर्ने निर्देशन

महेन्द्रनगर २१ फागुन ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको नगर प्रहरीलाई दर्जनी चिह्न प्रदान गरिएको छ । शुक्रबार एक महिने क्षमता अभिवृद्धी तालिमको समापन गर्दै नगर प्रमुख सुरेन्द्र विष्टले नगर प्रहरीलाई दर्जनी चिह्न प्रदान गरेका हुन । कोरोना भाईरसको संक्रमणका कारण रद्द भएको क्षमता अभिवृद्धी तालिम गत माघ २५ गतेबाट पुन सुरु भएको थियो । तालिममा नगर प्रहरीलाई सैद्धान्तीक र व्यवहारी ज्ञान तथा सिपबारे तालिम दिईएको हो ।


नगर प्रहरीलाई नेपाल प्रहरी र नेपाली सेनाले प्रशिक्षण दिएको थियो । महेन्द्रनगर वडा प्रहरी कार्यालय महेन्द्रनगर प्रहरी निरिक्षक अमर बहादुर माझीले नगरको सुरक्षा व्यवस्था, ट्राफ्रिक व्यवस्थापन, विपद् व्यवस्थापन र छाडा पशुचौपाया व्यवस्थान लगायतका विषयमा तालिम दिईएको हो । प्रहरी निरिक्षक माझीले तालिम अवधिमा प्राविधिक रुपमा सहजीकरण गरेका थिए ।


नेपालकै उत्कृष्ट नगर प्रहरी बन्ने गरि काम गर्न नगर प्रमुख विष्टको निर्देशन
नगर प्रहरीका संरक्षक समेत रहेका नगर प्रमुख सुरेन्द्र विष्टले देशकै उत्कृष्ट नगर प्रहरीको रुपमा पहिचान बन्ने गरि सेवामा खटिन निर्देशन दिएका छन् । एक महिने तालिमको समापन कार्यक्रममा बोल्दैँ उनले नगर प्रहरीलाई यस्तो निर्देशन दिएका हुन । तालिमले प्रहरीलाई क्षमता अभिवृद्धीसँगै कार्यसम्पादनमा सहज हुने उनको भनाई छ ।


साथै नगर प्रहरी सञ्चालन, व्यवस्थापन र आवश्यक सहयोगका लागि नगरपालिका तयार रहेको उनले धारणा राखे । नगरपालिकालाई समृद्ध बनाउने हाम्रो प्रमुख लक्ष्य हो ‘नगर प्रमुख विष्टले भने त्यसका लागि लागि सबैले आफ्नो क्षेत्रबाट उत्कृष्ट काम गर्नुपर्छ, नगर प्रहरी पनि त्यसमा जिम्मेवार छ ।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्