प्रतिनिधिसभा पुनःस्थापनापछि आज पहिलो पटक बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि आज पहिलो पटक बैठक बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार प्रतिनिधिसभाको बैठक आज ४ बजे संसद् भवन नयाँ वानेश्वरमा बस्ने भएको हो।

प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ मा सरकारले गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि पहिलो बैठक भएकाले निकै महत्वका साथ हेरिएको छ।

सङ्घीय संसद् ९प्रतिनिधिसभा० सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्।

सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यतालिका पनि रहेको छ।

यसपछि सभामुखले ‘प्रतिनिधिसभा नियमावली, २०७५’ को नियम १० को उपनियम ९१० बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्नेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् ९काम, कर्तव्य र अधिकार कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन० अध्यादेश, २०७७’ पेश गर्नेछन्।

गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ९पहिलो संशोधन० अध्यादेश – २०७७, सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश, २०७७, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश, २०७७, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले औषधि ९तेस्रो संशोधन० अध्यादेश, २०७७ पेश गर्ने संसद् सचिवालये सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० अध्यादेश, २०७७ पेश गर्नेछन्।

प्रतिनिधिसभाको यही अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने सम्भावना छ। प्रधानमन्त्री ओलीले अविश्वास प्रस्तावको दृढताका साथ सामना गर्ने बताउँदै आएका छन्।

उनले नेकपाको आफू नेतृत्वको समूहको संसदीय दलको शनिबार बसेको बैठकमा संसद्मा प्रतिबद्ध भएर जिम्मेवारीपूर्ण प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिइसकेका छन्।

श्रोतnigaranikhabar
 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्