आदर्श विद्या निकेतनद्धारा आयोजित इभोलुसन फेस्ट (फोटो फिचर)

डायमण्ड पब्लिक स्कुल प्रथम


महेन्द्रनगर ।
कञ्चनपुरको महेन्द्रनगर स्थित आदर्श विद्या निकेतन माध्यमिक विद्यालयद्धारा आयोजित इभोलुसन फेस्ट आज (सोमबार) एक कार्यक्रमका बिच सम्पन्न भएको छ । उक्त फेस्टमा यातायात,मानव बस्ति,मानव सभ्यता,मुद्रा,युद्ध,शिक्षा,स्वास्थ्य लगाएतको क्रमिक विकासको मोडेल प्रदर्शनि गरिएको आदर्श विद्या निकेतनका प्रधानाध्यापक डा. भोजराज पन्तले बताए ।

उनका अनुसार नारी दिवस तथा विद्यालयको वार्षिक उत्सवका अवसरमा आयोजना गरिएको इभोलुसन फेस्टको उद्देश्य विद्यार्थीहरुमा यातायात,मानव,मानव बस्ति,शिक्षा,स्वास्थ्य, विद्युत,युद्ध,मुद्रा लगाएतको क्रमिक विकास वा पहिले कस्तो थियो,अहिले कस्तो छ र भविष्यमा कस्तो हुन्छ भन्ने कुराको प्रयोगात्मक ज्ञान प्रदान गर्नु हो ।

‘विद्यार्थीहरुले यो फेस्टको लागि भएपनि धेरै कुराको खोज अनुसन्धान गरेका छन् ।’ डा.पन्तले भने ‘जसले गर्दा विद्यार्थीहरुलाई खास गरी विभिन्न कुराको इतिहास बारे थाहा भएको छ भने ती कुरा भविष्यमा कस्तो हुन सक्छन भन्ने उनिहरुले परिकल्पना गरेका छन् ।’

आइतबार देखी सञ्चालन भएको इभोलुसन फेस्टमा १३ वटा विद्यालयका ८९ जना विद्यार्थीले २३ वटा मोडेलको प्रदर्शनी र आदर्श विद्या निकेतनका ९३ जना विद्यार्थीले ५० वटा मोडेलको प्रदर्शनी गरेका थिए ।

उक्त इभोलुसन फेस्टमा डायमण्ड पब्लिक स्कुलका विद्यार्थीले प्रदर्शन गरेको यातायातको क्रमिक विकास मोडेल प्रथम,सनराइज पब्लिक स्कुल र लिटिल बुद्ध एकेडेमीका विद्यार्थीले प्रदर्शन गरेका क्रमश मुद्रा र मानव बस्तिको क्रमिक विकास मोडेल द्धितीय र विस्डम एकेडेमीका विद्यार्थीले प्रदर्शन गरेका मानव सभ्यताको क्रमिक विकास मोडेल तृतिय भएको डा. पन्तले बताए ।

प्रथम,द्धितीय र तृतिय हुने विद्यालय तथा विद्यार्थीहरुलाई शिल्ड,प्रमाणपत्र लगाएतका पुरस्कार वितरण गरिएको छ ।

आयोजकका अनुसार इभोलुसन फेस्टको जर्जमा भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरीदत्त जोशी,पूर्व शिक्षा अधिकारी देविदत्त भट्ट,पूर्व सासंद आनन्दि पन्त, डा. भोजराज पन्त र डा.भवानीदत्त जोशी रहेका थिए ।

उक्त कार्यक्रमको उद्धघाटन भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीको प्रमुख आथित्यतामा गरिएको थियो भने समापन पूर्व सासंद आनन्दि पन्तको प्रमुख आथित्यता गरिएको आदर्श विद्या निकेतनले जनाएको छ ।

फोटोहरु:

May be an image of 1 person and standing
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्