नेकपा कञ्चनपुर पार्टी कार्यालयको गरियो साइनबोर्ड परिवर्तन

महेन्द्रनगर । नेकपा पार्टी कार्यालय कञ्चनपुरको साइनबोर्ड परिवर्तन गरिएको छ ।

आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि एमालेका नेता कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको साइनबोर्ड परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी(एमाले) लेखिएको साइनाबोर्ड लगाइएका छन् ।

केन्द्रिय पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ ।

सोहीक्रममा कञ्चनपुरमा पनि एमालेको ब्यानर राखिएको हो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्