कञ्चनपुरमा नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय उद्धघाटन

महेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कञ्चनपुरले आज जिल्ला सदरमुकाम महेन्द्रनगरमा पार्टी कार्यालयको उद्धघाटन गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बिच माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले पार्टी कार्यालयको उद्धघाटन गरेका छन् ।

गत आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि तत्कालिन नेकपा जिल्ला पार्टी कार्यालयमा नेकपा एमाले बसेपछि माओवादी केन्द्रले पनि आफ्नै पार्टी कार्यालयको स्थापना गरेको नेता कैलाश चन्द्र गिरीले बताए ।

नेता गिरीले भने ‘नेकपा माओवादी केन्द्र कञ्चनपुरले पनि आज जानकी टोल,पार्क नजिकैको घरमा पार्टी कार्यालय स्थापना गरि एक कार्याक्रमका बिच कार्यालयको उद्धघाटन गरेको छ ।’

पार्टी ब्युँतिएपछि दुवै दलले धमाधम जिल्लामा पार्टी कार्यालय उदघाटन गर्ने कामलाई अगाडि बढाएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्