महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ खैरेनी निवासी समाजसेवी भास्कर पन्तले आफ्नो २२ औँ जन्मदिनमा पाएको दक्षिणा रकम बराबरको अनाथ बालवालिकालाई फलफुल वितरण गरेका छन् ।
लियो ब्लब अफ शुक्लाफाँटा स्माईलका संस्थापक अध्यक्ष तथा मितजी मिडिया प्रालीका अध्यक्ष समेत रहेका समाजसेवी पन्तले विहिबार जन्मदिनको अवसरमा आफ्ना आफन्त,साथीभाई बाट पाएको दक्षिणा रकमको महेन्द्रनगर स्थित समाज कल्याण अञ्चल बाल अनाथालयका बालवालिकाहरुलाई फलफुल तथा जेरी वितरण गरेका हुन् ।
उनले भने ‘अनाथ बालवालिकाहरु संग खूशी बाड्न जन्मदिनको अवसरमा आफन्तबाट पााएको दक्षिना रकमको उनिहरुलाई फलफुल तथा जेरी खुवाएको हु ।’
प्राय मानिसहरु जन्मदिनको दक्षिणाले विभिन्न ठाउँ घुम्न जाने तथा लत्ताकपडा खरिद गर्ने परिपाटी रहेका बेला आफुले नयाँ कामको थालनी गरेको समाजसेवी पन्तले बताए ।
उनकाअनुसार सबैले आफ्नो जन्मदिनको अवसरमा पाएको दक्षिना रकम मात्रै अनाथ बालवालिका,वृद्धवृद्धा तथा समाजिक कार्यमा खर्चे सबैमा समाज सेवाको संस्कार बस्ने थियो ।
समाजेसेवी पन्तले निरन्तर यस्ता समाजिकि कार्य गर्दै आएका छन् ।