ENGLISH

‘समृद्ध नगरको परिकल्पनासहित २५ वर्षे गुरुयोजनाकासाथ काम गरिरहेका छौँ’: नगर प्रमुख विष्ट[अन्तर्वार्ता]

भीमदत्त नगरपालिका कञ्चनपुरको सदरमुकाममा अवस्थीत नगरपालिका हो । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि नगरपालिकाले विकासमा कोल्टो फेरेको छ । नगरका पर्यटकीय क्षेत्रको प्रचारप्रसार होेस् या पुर्वाधार निर्माण गरि प्रवद्र्धन गर्ने कुरामा नगरपालिका अग्र पङ्तीमा छ । त्यस्तै नगरपालिको धार्मीक पर्यटन मार्ग निर्माण गरि दुरदराजका नागरिकलाई सडक सञ्जालसँग जोडेको मात्रै छैन् उनीहरुको जीवनस्तरमा आमुल परिर्वतनका लागि स्पष्ट नीतिका साथ अगाडी बढेको छ । नगर भित्रि तथा बाह्य चक्र पथ, झिलमिला ताल सडक, कुण्ड भरण, आफ्नै वडा कार्यालय भवन निर्माण लगायतका भौतिक पुर्वाधारका योजनासँगै शिक्षा, स्वास्थ्य, सिँचाईका क्षेत्रमा उल्लेख्य सुधार गरेको छ । त्यस्तै कोरोना संक्रमणको समयमा पश्चिमी नाकामा रहेको यो नगरपालिकाले स्वदेश भित्रिएका लाखौँ नागरिकको व्यवस्थापनमा सफल रह्यो । हरेक नगरवासीलाई उत्पादनसँग जोडिन र आर्थिक समाजिक रुपान्तरणमा लाग्न नगरपालिकाले नेतृत्वदायि भुमिका निर्वाह गरिरहेको छ । समृद्ध र सबल नगरपालिकाको रुपमा भीमदत्तलाई स्थापीत गर्ने योजना ध्येयका साथ नगरको नेतृत्व गरिरहेका नगर प्रमुख सुरेन्द्र विष्टसँग पत्रकार मदन गिरीले गरेको कुराकानीको संम्पादीत अशं ।


तपाई निर्वाचित भएको तीन वर्ष बढी समय भईसकेको छ, यो अवधीमा जनताले के पाए ?


पहिलो निर्वाचित जनप्रतिनिधि भएका कारणले हामीले एउटा जग बसाउने काम गरेका छौँ । अब काम गर्नका लागि त्यसले धेरै सहज गर्छ र हामीले नगरसभा सञ्चालन गर्न देखी लिएर, हाम्रो कार्यपालिकाका बैठकबाट हामीले कार्य विभाजन गर्न देखी लिएर, हाम्रा एकल अधिकार र साझा अधिकारका सवालमा कतिपय अन्योलताहरु अझै पनि छन् । यद्यपी त्यसको अझै छलफलबाट समाधान गर्न सकिन्छ । खासगरी दिगो विकास के हो त ? हामीले संघ संस्थाहरुले जुन लक्ष्य प्राप्त गर्नका लागि सन्तुलित विकास कसरी गर्न सकिन्छ भन्ने कुराका लागि अल्पकालिन, मध्यकालिन, दीर्घकालिन जुन योजना बनायौँ, त्यो योजनाले धेरै हतसम्म भविष्यमा काम गर्नका निम्ती सजिलो भएको छ ।

नगरपालिकाले आफैमा आत्मनिर्भर बन्न जरुरी छ । स्थानीय रुपमै बहुआयामिक क्षेत्रहरुको खोजी गरि त्यसलाई सुव्यवस्थित ढङगले अगाडी बढाउनु पर्छ । सोही अनुरुप नगरपालिकाले शहरी योजना आयोगको परिकल्पना गरि विभिन्न क्षेत्रहरुलाई समेटेर त्यसको योजना बनाइरहेको छ । त्यसै अनुरुप व्यवस्थित तथा आधुनिक शहरीकरणका निति, कार्यक्रम र बजेटहरु तय गरि प्रदेश र संघ सरकारकासँग सहकार्य हुन्छ । विकासमा साझेदारी, सहकार्य र सहअतित्वलाई आत्मसाथ गर्ने नगरपालिकाको नीति छ ।

पूर्वाधारका तर्फबाट पनि हामीले आयआर्जन र गरिबी न्युनिकरण गर्न कसरी काम गर्ने भन्ने विषय शुरुवात भएको सन्दर्भ छ । त्यसैगरी हामीले २५ वर्षे गुरु योजनामा कसरी अगाडी बढ्ने खाका बनेको छ । थुपै्र मास्टर पलानहरु बनाएर हामीले त्यसको कामका निम्ती चाहे शिक्षाको क्षेत्रको कुरा होला, चाहे खानेपानीको कुरा होला, चाहे स्वास्थ्यको कुरा होला, चाहे वन वातावरणको कुरा होला,चाहे पर्यटनको विकासको कुरा होला, चाहे सिचाईको सन्दर्भको कुराहरु होलान्, त्यसकारणले यी समग्र पाटोलाई अब कसरी भीमदत्त अगाढी बढ्ने ? भीमदत्त नगरपालिकालाई कसरी समृद्धीको यात्रामा समाहित गर्ने? भीमदत्त नगरवासीलाई सुखी र समृद्ध बनाउन कसरी आर्थिक आयआर्जनसंग जोड्ने ? मुख्यतहः उत्पादनसँग कसरी जोड्न सकिन्छ ? बौद्धिक श्रम वा शारीरिक श्रम दुईटै श्रममा राष्ट्रिय पूजिँ निर्माणका लागि उत्पादनसँग जोड्ने कुराका निम्ती सम्भाव्यताको पहिचान भएको छ । ती सम्भावनासँग थुप्रै कामहरु अगाडी बढिरहेका छन् र त्यसले एउटा आधारस्तम्भ तयार पारि दिएको छ ।


नगरपालिकाका गौरवका योजना के–के हुन्, त्यसको प्रगति कस्तो अवस्थामा छ ?


एउटा सामान्य मान्यता पूर्वाधारका क्षेत्रमा हुने विकास निर्माणका क्षेत्र मात्रै नगरका वा राष्ट्रका, प्रदेशका गौरवका योजना रहेको मान्यता छ । पछिल्लो समयमा पूर्वाधारसँगसँगै अन्य सामाजिक उत्तरदायित्वका सामाजिक कामहरुपनि नगरका या संघ वा प्रदेशका गौरवका आयोजनाका रुपमा लिनुपर्छ भन्ने मान्यता शुरुवात भएको छ । यस आधारमा मैले यहाँलाई आग्रह गर्दा खेरी हामीले पूर्वाधारका क्षेत्रमा कुराकानी गर्दाखेरी त जैविक, धार्मीक पर्यटन मार्ग, शुक्लाफाँटा पर्यटन मार्गलाई लिन्छौ । जुन ८३ किलोमिटर बाह्य चक्रपथका रुपमा कामहरु अगाडी बढेको छ । त्यसले तमाम पर्यटकीय क्षेत्रहरुसँंग जोड्ने काम गरिरहेको छ ।
त्यो सडकले जलमल र बस्ती छुट्याउने काम भएको छ, जंगल अतिक्रमण रोक्ने काम हुन्छ । जुन बस्तीमा विपन्न, गरिव थिए वा सडकमा पहुच थिएन वा स्वास्थ्य पहुच थिएन वा विद्यालयमा पहुच थिएन त्यो बाटोले गर्दा सहज ढङगले आफ्नो स्वास्थ्य चौकीमा आउने, विद्यालय जान सकिने, विभिन्न धार्र्मिक स्थलहरुमा पुग्न सहज वातावरण सिर्जना गरिदिएको छ ।

हिजो कतिपय कामहरुको निम्ति खास गरि बैंक कर्जा सापटी लिनु पर्यो भनेपनि बाटो नभएका कारणले बैंकबाट पनि कर्जा नपाउने अवस्था थियो, आज त्यो बाटो भएर तमाम खासगरि यातायातका साधनहरु टेम्पोहरु सञ्चालन गर्ने लगाएतका यात्रुहरुलाई विभिन्न ठाउँमा पुर्याउनका निम्ती पनि त्यसले रोजगारी सिर्जना गरेको सन्दर्भ भएको छ । त्यसैगरी हामीले खल्ला मसेट्टी सम्म बाटो पुर्याउने काम सम्पन्न गरेका छौँ । त्यो कामका कारणले भोली महाकाली बहुउपयोग सिद्धान्तका आधारमा हामीहरु ¥याफ्टीङ सञ्चालन गर्ने, त्या कटेज संञ्चालन गर्न सक्यौँ भने त्यसले आर्थिक उत्पादनका क्षेत्रमा महत्वपूर्ण योगदान दिन्छ ।

त्यसकाराण हाम्रा पूर्वाधारका जति पनी कामहरु भइराखेका छन्, ती कुनै न कुनै हिसाबले स्वरोजगारको वातावरण तयार गर्ने र त्यो उत्पादनका क्षेत्रमा काम गर्ने चाहे हामीले झुलुङगे पुलको तल पार्क बनाउने, पुललाई सौन्दर्यकरण गर्ने कुरा, चाहे हामीले पर्यटन महोत्सवका माध्यमबाट शुक्लाफाँटामा विभिन्न बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षण गर्ने सन्दर्भको विषय होला । अब पूर्वाधारकै विषयले मैले भन्दा त १४ वटा एकै चोटी स्वास्थ्य चौकी बनाएका छौ ।


हामीले करिब १२ वटा वडा कार्यालयको काम अगाडी बढाइसकेको अवस्था छ भने बाकीँ रहेका वडा कार्यालय पनि पुरा गर्छौ । वडा कार्यालयले केवल वडाले दिने सेवा मात्र होईन त्या सामुदायिक भवनका रुपमा ती कार्यालय सञ्चालन गर्ने कुराहरु छ, स्कुलहरुमा विभिन्न हामीले पूर्वाधारसंगसंगै त्यहाँका शैक्षिक सामाग्रीदेखी लिएर त्यहाँ स्कुलको वातावरणलाई कसरी राम्रो गर्न सकिन्छ भन्ने कुराको समग्र अध्ययन, प्रतिवेदन तयार गरेको सन्दर्भ छ । खानेपानीको कुरा गर्नु हुन्छ भने विभिन्न ठाउँमा ठुलठुला आयोजना सञ्चालन गरिएको छ । महाकाली अस्पताललाई हामीले व्यवस्थित ढङगले त्यसको पूर्वाधार या त्यसमा आवश्यक पर्ने स्वास्थय सामाग्रीहरु वा त्यसलाई सञ्चालन गर्नका लागि जनशत्तिको व्यवस्थापनमा सहयोग गरिरहेका छौ भने हामी प्रत्येक ठाउँमा स्वास्थ्य शिविर कामहरु सञ्चालन गरिएको छ ।

यहाँले जुन संघ सरकारसँग पनि हामीले साझेदारी गर्ने कुरा भयो । त्यो भन्दा लामो समय सम्म बन्द रहेको एयरपोर्ट जो छ त्यसलाई हामी पुनः सञ्चालन गरिरहेको अवस्था छ । त्यसका लागि पहिलो चरणको काम अगाडी बढी सकेको छ । नगरको ६० किलोमिटर भन्दा बढी सडक कालोपत्रे भइसकेको अवस्था छ भने त्यसैगरी महाकाली बहुप्राविधिक विद्यालय हामीले सञ्चालन गर्ने कुराहरु छ । र हाम्रा थुप्रै आन्तरिक शुसासन, जवाफदेहिताका निम्ती जुन कागज, ढड्डा प्रणाली थियो त्यसलाई विस्थापित गरेर हामीले विभिन्न सप्टवेयर तथा कम्प्युटर प्रणलीको माध्यमबाट सेवालाई छिटो र छरितो बनाएका छौँ ।


त्यसकारणले हामीले जवाफदेहिता, शुसासन, भ्रष्टाचारको अन्त्यका निम्ति विभिन्न प्रभावकारी, कामहरु सञ्चालन गरिरहेका छौ । जनताको सबैको समग्र सहयोगबाट हामीले धेरै कामहरुको आधार तयार गरेका छौ । कतीपय काम पुरा गरेका छौ । मैले देखिने काम भन्नु हुन्छ भने समग्रमा प्रतिनिधिमुलक हिसाबले भन्ने हो भने खल्ला मसेट्टी,टुडीखेलमा त बिजुली थिएन, अहिले विद्युत पुगेको छ ।


उज्यालो भीमदत्त अन्तर्गत विभिन्न ट्रान्सफर्महरु जडान गरेको अवस्था छ । अनि हामी बजारको सुरक्षा, खासगरी नागरीकको सुरक्षाका निम्ति सीसीटिभी क्यामेरा जडान भएको सन्दर्भ छ । हामीले विभिन्न क्षेत्रमा काम गरेको चाहे फोहोर मैला व्यवस्थापन गर्ने सन्दर्भको विषयवस्तु होस्, हामी सबै क्षेत्रमा एकै चोटी कामलाई अगाडी बढाउने हिसाबले अगाडी बढेका छौ र यसलाई अब व्यवस्थित ढङगले अगाडी बढाउनका निम्ति शहरी योजना आयोग बनाएर अथवा हामी आफ्ना कामलाई व्यवस्थित ढङगले झन व्यवस्थित ढङगले अगाढी बढाउनु पर्छ ।


सिँचाई कृषि क्षेत्रमा नगरपालिकाले कसरी काम गरिरहेको छ ?


सिचाईको सन्दर्भमा कुरा गर्ने हो भने घाडीघाट लगाएत, जहाँ नहर बाट पानी लाग्दैन त्यो क्षेत्रमा हामीले ट्युवेलका माध्यमबाट सिँचाई पु¥याउने काम गरिरहेको छ । त्यसले उत्पादकत्वमा वृद्धी ल्याउछ । किसानको खेतमा सहज ढङगले पानी प¥ुयाउने काम गरिहेका छौ । त्यसले जुन उत्पादकत्व बढाउछ त्यो हिसाबले भोलि जीवनमा परिवर्तन आउँछ किसानहरुको, यी खासमा कृषि क्षेत्रलाई व्यवसायकरण गर्ने कुरा छ, पशुपालनलाई व्यवसायकरण गर्ने कुरा छ, उन्नत जातका हामी विभिन्न पशुहरु, जुन अनुदानका रुपमा वितरण गरिरहेको सन्दर्भ छ या बेमौसमी तरकारी लगाएत अन्य अनुदानका माध्यमबाट टनेल बनाउने देखी लिएर विभिन्न उपकरणहरु दिने र किसानहरुलाई उद्यमशिलताको तालिम दिने कुराहरुको सन्दर्भको कुराकानी गरिरहेको सन्दर्भ छ । त्योसँगै एक वडा एक उत्पादन कार्यक्रमलाई प्राथमिकताका साथ अगाडी बढाएको छौँ । युवाहरुलाई कृषिमा आकृर्षित गर्न विभिन्न अनुदान तथा उत्पादनमा आधारित प्रोत्साहनको नीति लिएका छौँ । कृषि आधुनिकिरण र यान्त्रीकरणका लागि विभिन्न निकायसँगको सहकार्यमा कष्टम हायरिङ्ग सेन्टर स्थापना गरिएको अवस्था छ ।


व्यवस्थीत शहरीकरणको योजना कसरी अगाडी बढ्दैँ छ ?


हाम्रा योजनाहरु कतिपय दीर्घकालिन महत्वका योजनाहरु थालनी खासगरी शुरुवात विभिन्न काराणले हुन सकेन, अझै पनि हाम्रो छरेर विकास गर्ने मनोविज्ञान कायमै छ । टोलटोलमा मन्दिर बनाउन प¥यो भन्ने जस्ता जनदबाव व्यापक रुपमा आउँछ, एउटा धार्र्मिक पर्यटनका हिसाबले ठुलो मन्दिर बनाउने जसबाट आयआर्जन गर्न सकिन्छ, भन्ने किसिमको धारणा भन्दा पनि हाम्रो छरेर विकास गर्नका निम्ती जुन किसिमको परम्परागत धारणा थियो त्यसलाई अझ हामीले हटाएर जान सकेको अवस्था छैन ।

त्यसकारणले हामीले के भन्यौँ भने दिगो विकासमा गर्ने हो भने जसले गरिबी न्यूनिकरण गर्छ, जसले रोजगारी, स्वरोजगारको वातावरण बनाउने सिर्जन गर्ने हो भने त्यसका लागि ठुल्ठुला आयोजनाहरु दिर्घकालिन योजनाको रुपमा अगाडी सार्नु पर्छ । जसले आर्थिक पक्षलाई महत्वपूर्ण योगदान पुर्याउछ । जसबाट हामी स्वभाविक उत्पादनतिर जोड्न सक्यौ र श्रमलाई,कम्तिमा त्यो क्रियाशिल गर्न सक्यौ त्यो बाट राष्ट्रिय पूजिको निर्माण गर्नु पर्दछ । अब बहस भनेको सामाजिक, साँस्कृतिक र आर्थिकक्रान्तीको विषय हो ।
अब राजनितिक क्रान्तिपछि अब कसरी आर्थिक रुपले आत्मनिर्भर बन्नु पर्छ । हामीले आयात गर्ने कुरा होइन निर्यात कसरी गर्न सक्छौ ? आयातलाई कसरी घटाउन सक्छौ ? हामीले उपभोग गर्ने हाम्रा दैनिक जीवन देखी लिएर हाम्रो एउटा विकसित समाजका निम्ति हामीले उत्पादन गर्नु पर्ने जुन दायित्व छ त्यसतर्फ कसरी जान सक्छौ विषय त्यस्तो हो । त्यसमा गम्भिरतापूर्वक समिक्षा गर्नका निम्ति सन्तुलित विकास,सबैका लागि विकास,अब हामी पलानिङ गर्न जरुरी छ ।

नगरपालिकाले पनि आफैमा आत्मनिर्भर बन्न जरुरी छ । सधै अनुदानबाट प्राप्त हुने बजेट आउने हिसाबले मात्रै रहनु हुदैन । यसकारण बहुआयामिक क्षेत्रहरु छन्, ती क्षेत्रलाई सुव्यवस्थित ढङगले एउटा प्लानिङ हिसाबले अगाडी बढाउनका निम्ति शहरी योजना आयोगको परिकल्पना भयो । शहरी योजना आयोगले विभिन्न क्षेत्रहरुलाई समेटेर त्यसको योजना बनाइरहेको छ । त्यो आधारमा हाम्रा निति कार्यक्रम र बजेटहरु तयार हुन्छ । प्रदेश,संघ सरकारका संग त्यसको बजेटका निम्ति हामी हामी माग गर्छौ । र विभिन्न विकासमा साझेदारी त्यसरी परिचान गर्ने कुरामा जान्छौ ।
अहिलेसँम्म डम्पीङ साईटको व्यवस्थान किन हुन सकेन ?


पहिलो कुरो के हो भने फोहोर बाट डराउने होईन । फोहोर हामीले गछौँ । त्यसको व्यवस्थान पनि हामीले नै गर्नुपर्छ । हामीले नै जिम्मेवार बन्नु पर्छ । फोहोर व्यस्थापनलाई पुरानै तरिकाबाट सोच्नु हुदैँन् । अहिलेको विकसित प्रविधिलाई प्रयोग गर्नसक्नु पर्छ । काठमाडौँमा लामो समयसम्म समस्याको रुपमा रहेकाले यसलाई त्यसरी नै सम्झेर व्यवस्थापन हुन सक्दैन । आम बुझाईलाई परिर्वतन गरिरहेका छौ । त्यसका लागि विभिन्न ठाउँमा स्थानीयलाई भ्रमण समेत गराईएको अवस्था छ । त्यसले सोचमा परिर्वतन भएको छ भने फोहोरबाट मोहर उत्पादन गर्न सकिन्छ । त्यसमा हामी जोड दिएका छौँ । फोहोरबाट रोजगारी सिर्जन गर्न सकिन्छ । त्यसको लागि सबै क्षेत्रबाट सहयोग हुनु आवह्श्यक छ ।
विभिन्न क्षेत्रसँग जग्गा प्राप्तीका लागि कुरा भईरहेको छ । नगरपालिकाको भोगौलीक बनावटले हामीले निश्चत क्षेत्रमा मात्रै फोहोर प्रशोधन केन्द्र स्थापना गर्न सकिने अवस्था छ । दक्षिणतर्फ शुक्लाफाँटा निकुञ्ज छ, पुर्वमा वेदकोट नगरपालिका र पश्चिममा महाकाली नगरपालिका पर्छ, त्यसैले अब ठाउँ हुर्नेपर्ने भनेको उत्तरतिर मात्रै हो ।


त्यो ठाँउमा जानका लागि हामीले प्रयत्न गरेका छौँ । मुखले बनाउन दिने कुरा भएकापनि व्यवहारी रुपमा काम गर्न नदीने तथा बुझेर पनि नबुझे झै गर्ने प्रवृत्तिले समस्या सिर्जना गरेको छ । आज भिमदत्त नगरपालिकामा ठुलो लगानी भित्रिदैँ छ । त्यो फिर्ता हुन्छ की भन्ने चिन्ता बढेको छ ।


अस्तीको कार्यापालिकामा पनि यो विषयमा गम्भीर रुपले छलफल भएको छ । म सबै सरोकारवाला निकायलाई के आग्रह गर्न चाहान्छु भने भीमदत्तलाई सफा, सुन्दर, पर्यावरण मैत्री र समृद्ध नगरीका रुपमा विकास गर्न सबैको योगदान पुगोस् । सबैले सकारात्मक र रचनात्मक भुमीका खेलिदियो भने नगरपालिकालाई पनि सहज हुन्छ । अहिलेको नयाँ किसिमको फोहोरलाई व्यवस्थान तथा प्रशोधन प्रविधिमार्फत हामीले सहज रुपमै यो समस्या समाधान गर्न सक्छौँ । सकारात्मक चिन्तन र सोच हुनु जरुरी छ । कतिपय कुराहरु नकारात्मक रुपमा र अपवाहको रुपमा फैलाईदिनाले यो दीग्र्घकालिन समस्याको रुपमा रहन सक्छ त्यसले बेलैमा सबै सचेत र जिम्मेवार हुन आग्रह गर्न चाहान्छु


नगरपालिकाको आन्तरिक राजस्वको अवस्था के छ, यसको वृद्धीका लागि के योजना छन् ?


नगरपालिकाले सम्रग आन्तरिक श्रोत तथा साधनलाई वृद्धी गर्नु पर्ने आवश्यक छ । कर बढाउने भन्दा पनी करको दायरालाई फराकिलो बनाउनु पर्छ । नगरपालिकाले नगरपालिकोका राजस्व सुधारको कार्ययोजना बनाएको छ । धेरै क्षेत्रमा लगानी गरेर त्यसबाट राजस्व संकलन हुने कार्यक्रम सञ्चालन गरिएको छ । स्वयम नगरपालिकाको आन्तरीक आयस्रोत दरलाई बढाउन जरुरी छ । हामी आउँदा खेरी पौने ५ करोडको जुन राजस्वको अवस्था थियो हामीले त्यसलाई २० करोड पु¥याईएको सन्दर्भ छ । भरखरै बसपार्क सञ्चालन गरेका छौ ।

कतिपय प्राकृतिक क्षेत्रहरुमा पनि संरचना र पुर्वाधार निर्माण गरि त्यसबाट राजस्व संकलनको श्रोत वृद्धी भएको छ । गरिरहेका छौँ । भुमी कर, सम्पती कर लगायतका कर क्षेत्रलाई व्यवस्थीत गरिरहेका छौँ । स्वयम नगरपालिकाले पनि आयआर्जन हुने गरि लगानी गर्ने योजना बनाईरहेका छौँ । साथै नगरपालिकाको वास्तवीक सम्पत्तीलाई पहिचान गर्ने कुरा छ । अहिलेसम्म परम्परागत ढङ्गले दराज, टेबुल, कर्सीलाई नै सम्पत्ति मान्ने स्थीत छ । अब त्यो होईन नगरपालिकाले करोडौँ लगानी लगाएर सडक बनाउछ भने त्यो हाम्रो सम्पतीको रुपमा रहन्छ ।

नगरपालिका सबल पक्षहरु पहिचान गरेर हामीले धितोपत्र जारी गर्न सक्छौँ । आम्दावाद सिटी, त्यहाँको नगरले बोन्ड जारी गरेर समृद्ध बनेको छ । हामी पनि अब त्यस किसिनले अगाडी बढ्नुपर्छ । जनतासगै छरिएर रहेको पुजीलाई एकिकृत गरि त्यसलाई लगानी गरेर जनतालाई दोहोरो प्रतिफल उपलब्ध गराउने हाम्रो योजना छ । स्थानीय सरकार भएकाले हामी यो मोडेल जान सक्छौँ । हामीले कञ्चन महलको अवधारण अघि सारेका छौँ, यसमा नीजि क्षेत्रसँगको साझेदारीमा यसलाई निर्माण गर्ने योजना छ । त्यस्तै बाल पार्कको बनाएर भाडामा दिएका छौँ जसबाट मासिक २० हजार राजस्व संकलन भईरहेको छ । त्यस्तै हाट बजार, सब्जीमण्डी, बधशाला निर्माण गरि नीजि क्षेत्रलाई सञ्चालनको जिम्मेवारी दिएर राजस्व संकलनको दायरा बढाएका छौँ ।
साथै लगानी मैत्री वातावरण सिर्जना गरि प्रत्यक्ष, अप्रत्यक्ष र साझेदारीमा श्रोतसाधनको विकास गरि दीग्र्घकालिन रुपमा राजस्व संकलनको योजना बनेको छ ।

भीमदत्त नगरपालिका स्वयम आफैले, नीजी क्षेत्रलाई प्रोत्साहित गर्ने र संयुक्त साझेदारीमा पनि आर्थिक र सामाजिक रुपान्तणरमा अगाडि बढ्ने नीति लिएको छ । यसले भिमदत्त नगरपालिकामा दीग्र्घकालिन राजस्व संकलनको आधार बन्छ । पर्यटकीय क्षेत्रलाई व्यवस्थीत गर्न सके त्यसबाट राजस्व संकलन त हुन्छ नै त्यसले रोजगारी सिर्जना गर्छ, गरिबी उन्मुलन हुन्छ । साथै अहिले संघिय सरकारको साझेदारीमा भुमीहिन जनतालाई पुर्जा वितरण गरिरहेका छौँ यसले जनता जग्गाका मालिक बन्छन् भने नगरपालिकालाई भुमी कर लगायतका अन्य सेवा करका रुपमा आम्दानी प्राप्त हुन्छ । नगरपालिकाले जनतालाई करको मारमा पार्न खोजेको छैन् । यसलाई वैज्ञानीक रुपमा व्यस्थापन गरि सबैलाई करको समान दायरमा ल्याउने प्रयास पनि जारी छ ।
–नगरको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि के योजना छ ? त्यसको काम कसरी अगाडी बढी रहेको छ ?


यसै सन्दर्भमा केही दिन अगाडी मात्रै चौँथो शुक्लाफाँटा पर्यटन महोत्सव सम्पन्न गरेका छौँ ।, यद्यपी त्यो एउटा औपचारीक कार्यक्रम कामै हो । शुक्लाफाँटा महोत्सवले वर्ष भरिमा यहाँ पर्यटक आउने वातावरण बनाउने छ । महोत्सवको प्रमुख अतिथीका रुपमा आएका नेपाल सरकारका वनमन्त्रीले शुक्लाफाँटामा रहेको रानीताल व्यवस्थापन, जंगलसफारीका लागि ट्र¥याक निर्माण लगायतका विषयका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । जुन निकुञ्जको पर्यटकीय विकासका लागि महत्पुर्ण हुन्छ ।


शुक्लाफाँटा भित्र अत्यधिक पर्यटक भित्र्याउन त्यहाँसम्म सहज रुपमा पुग्न पुर्वाधार तयार गर्ने र साथै निकुञ्ज नजिकै रहेका पर्यटकीय क्षेत्रमा पनि थप पुर्वाधार निर्माण गर्नु पर्नेछ । जसले पर्यटकलाई थप आकृर्षित छ । जस्तो हामीसँग दोधराचाँनीलाई जोड्ने झुलुङ्गे पुल छ त्यहाँ पार्क बनाउने योजना छ, मगर होम स्टे सँगै नीजि क्षेत्रको सक्रियतामा रिर्सोट सञ्चालन गर्न सकिन्छ । अहिले केहि युवा साथीहरुले महाकालीमा ¥याफ्टीङ सञ्चालन सुरु गरेका छन् । त्यसले यहाँ आउने पर्यटकलाई विभिन्न कुराको मनोरञ्जन लिन सक्ने अवस्था सिर्जना हुन्छ । पर्यटकीय क्षेत्रमा प्याकेज कार्यक्रम सञ्चालन गर्नु पर्ने आवश्यक छ । ताकी पर्यटकलाई व्यस्त गर्न सक्यो भने आय आर्जन पनि बढाउन सकिन्छ ।


त्यस्तै नगरपालिकाले महाकाली नदीको बहुउपयोगको सिद्धान्तमा आधारित भएर साईलेन्ट रिभर क्षेत्रबाट ¥याफ्टीङ सञ्चालन गर्ने योजना बनाएको छ । त्यता जानको लागि नगरपालिकाले बाटो निर्माण गरिसकेको छ । पर्यटनसँग जोेडिएका सबैले विभिन्न रुपमा रोजगारीका अवसरमा आवद्ध हुन्छन् । त्यस्तै महाकाली नदीमा चार लेनको पुल निर्माण हुदैँ त्यसले भारत र भारत भएर यहाँ आउने पर्यटकको संख्या वृद्धी हुन्छ । साथै पुलसँगै त्यहाँ निर्माण भईरहेका पोखरी, आईसल्याण्ड लगायतका संरचना थप आकृर्षणका केन्द्र बन्नेछन् । कार्यपापलिका बैठकमा त्यस क्षेत्रमा भ्यू टावर बनाउन पनि छलफल भएको छ । र त्यसबाट लाभ लिन सकिन्छ । यहाँ धेरै कामका क्षेत्र र सम्भावना छन् ।


पर्यटनको विकास लागि हामीले सम्मान, सुरक्षीत र सहज यात्राको व्यवस्थापनमा जोड दिएका छौँ । त्यसो भयो भने मात्रै बाह्य पर्यटकलाई आर्कषण गर्न सक्छौँ । बाह्य पर्यटकमा विषेशतः ध्यानदिनुपर्ने भारतीय पर्यटक छन् । खास गरेर भारतको पुर्णगिरीको दर्शन गरेर सिद्धनाथको दर्शन गर्ने धार्मीक पर्यटकलाई व्यवसायिकरण गर्न सक्यौ कि सकेनौ ? भन्ने महत्वुपर्ण विषय हो । तर पनि सबैको साझेदारीमा हामी पर्यटन प्रवद्र्धनका लागि परेको छौँ । पछिल्लो समयमा कोभिड–१९ ले पर्यटन क्षेत्रलाई धरासायी बनाएको छ । कोरोना नियन्त्रणका लागि गरिएको सीमा नाकाहरु अझै पनि पुर्ववत रुपमा खुल्न सकेको छैन । यस क्षेत्रको आर्थिक पर्यटनमा असर पारेको छ ।


त्यसैले नेपाल सरकारलाई स्वस्थ्यका सबै मापदण्ड पालन गरि भारतबाट आउने नागरिक, पर्यटनलाई नेपाल भित्रिन सहज वातावरण बनाउने र भारत जानपनि सहज बनाई दिन आग्रह गर्दछु । त्यस्तै पुर्णगिरीको दर्शनका लागि मेला सुरु भईसकेको छ । त्यहाका पर्यटन सिद्धनाथ दर्शन गर्न नेपाल आउछन् । तर नाकामा सहज आवागमनको व्यवस्था हुन सकेको छैन । पुर्णगिरकिो मेलामा नै पुर्ण रुपमा निर्भर रहेको बह्मदेव बजारको व्यवसाय ठप्प भएको अवस्था छ ।

त्यसैले अब स्वास्थ्य सुरक्षालाई पुर्णपालन गरि नाका प्रवेश गर्न सक्ने वातावरण मिलाईदिन नेपाल सरकारलाई आग्रह गर्छु ।
सुदूरपश्चिमको आर्थिक विकासमा मझगाँउ विमानस्थल, महाकाली चारलेन पुल, दोधराचाँदनी सुख्खा बन्दरगाह र महाकाली करिडोरलाई कसरी जोड्न सकिन्छ । एयर पोेर्टको सन्र्दभमा फेज वन र फेज टु गरेको काम सुरु हुन्छ । पहिलो चरणका लागि टेण्डर आह्वान भईसकेकोले चाँडै नै त्यो काम अगाडी बढ्छ । एयर पोर्ट बन्यो भने शुक्लाफँटा राष्ट्रिय निकुञ्ज आउने पर्यटकलाई सहज हुनेछ । विभिन्न पहाडी जिल्लामा रहेका पर्यटक र अन्य काम विशेषले आउने जानेलाई सहज हुनेछ ।


दोधराचाँदनीमा सुख्खा बन्दरगाह बन्दरगाह बन्ने योजना छ । यसले पश्चिममा औद्योगिकरणको विकास हुन्छ । नजिकै रहेका भारतीय औद्योगिक क्षेत्रहरु जोडिन्छन् । महाकाली पुलको सहायताबाट हामी सुख्खा बन्दरगाहसँग जोडिन्छौँ, त्यसले भारतीय राजमार्ग सँग जोड्छ । भारतको राजधानी दिल्ली तथा ठुला शहर देरादुन र लखनौ नजिकै छन् । दिल्ली क्षेत्रबाट उद्योगलाई बाहीर पठाउने निणर्य गरेपछि रुद्रपुर, नाईडा, गुडगाउँ लगायत क्षेत्रमा औद्योगिकरणको विकास भएको छ । पन्तनगरमा कृर्षी विश्वविद्यायलले कृर्षी अुनसन्धान र विकास फड्को मारेको छ ।

त्यसैले सुख्खाबन्दरगाह र महाकाली चारलेन पुलले त्यसको प्रत्यक्ष लाभ लिन सकिन्छ । सजिल्लै यहाँको उत्पादनलाई भारत निर्यात गर्न सक्छौ भने अन्य नाका भएर नेपाल भित्रिने सामान न्युन मुल्यमा हामी उपयोग गर्न पाउछौँ । त्यहाँको प्रविधिलाई भित्र्याएर स्वदेशमा औद्यागिकरण गर्न सकिन्छ । महाकाली पुलको औचित्य भनेको सुख्खाबन्दरगाह हो । यसको निर्माणमा ढिलाई हुनुहुदैँन् । सुख्खा बन्दरगाह निर्माण भईसकेपछि मझगाउँ एयर पोर्ट व्यवसायीहरुको ट्रान्जीट बन्छ । निजी विमान कम्पनीको आवागमनले हवाई सेवामा थप सहजता हुन्छ ।


महाकाली करिडोर सुरुमा ब्रह्मदेवदेखि तिङ्करसम जोडिने भिनिएको थियो । तर हामीले सुरुवाती विन्दु दोधराचाँदनीलाई मान्यौ । त्यसको कारण के हो भन्दाखेरी महाकाली चारलेन पुन बनीसकेपछि यो दोधराचाादनीसँग सहजै जोडिन्छ । सुख्खाबन्दगाहले अन्र्तराष्ट्रिय राजमार्गलाई पनि जोड्छ । त्यसैले त्रिदेशीय नाका र सडकको रुपमा हेरिएको महाकाली करिडोर दोधराचाँदनी हुदैँ तिंकरसम्म पुग्छ । मानवसरोवरसम्मको यात्रालाई सहज बनाउँछ ।


धार्मीक पर्यटन र आर्थिक समृद्धिका लागि सुदूरका पहाडी जिल्लासँगको छोटो केनेक्टीभिटी बन्छ । महाकाली चारलेन पुल, मझगाँउ विमानस्थल, सुख्खाबन्दरगाहले सुदूरपश्चिम प्रदेशकै आर्थिक समृद्धिका आधारस्तम्भ हुन् । सुदूरपश्चिम विश्वविद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्नुपर्ने आवश्यक छ । साथै आवश्यक प्राविधिक दक्ष जनशक्ती उतपादनमा जोड दिनु पर्ने छ ।
कोभिड–१९ पछि आर्थिक र सामाजिक पुर्नउत्थानका लागि नगरपालिकाको योजना के छ ?


स्वास्थ्य सुरक्षा नै पहिलो प्राथमिकता हो । त्यसै अनुरुप हामी काम गरिरहेको छौँ । हिजो मात्रै नेपाली सेना, स्वास्थ्य कार्यालय, उद्योग वाणिज्य संघ, महाकाली अस्पतालसँगको सहकार्यमा ब्रह्मदेवमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन ग¥यौँ । त्यसबाट १५ सय बढीले सेवा लिएका छन् । केही हप्ता अघि मात्रै हामी मेयर गाउँघर विशेषज्ञ स्वास्थ्य शिविर सञचालन गरेर हजारौँ नगरवासीलाई सेवा दियौँ । नगरवासिको स्वास्थ्य परिक्षण गरेका छौँ ।

यो स्वास्थ्य सेवाको निरन्तर शिलशिला मात्रै हो । महाकाली अस्पताललाई सुधार गर्नु पर्ने हामी सबैको चाहाना थियो । त्यो पुरा भएको छ । कोभिड–१९ को परिक्षणका लागि हामीले महाकाली अस्पतालमा पिसिआर मेसिन सञ्चालनमा ल्याएका छौँ । कोरोना मात्रै नभएर त्यो ल्यावबाट अन्य भाईरस तथा रोगको परिक्षण समेत गर्न सकिने पुर्वाधार तयार भएको छ । ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई निशुल्क भ्यासिनको व्यवस्था गरेका छौँ । यो भन्दा अगाडी सुरक्षा निकाय, स्वास्थ्यकर्मी र फ्रान्टलाईनलाई खोप लगाई सकेका छौ ।
आस गरेर पछिल्लो समयको कोरोना संक्रमणपछि स्वदेश फर्केका युवा हरु र स्वदेशमै रहेका बेरोजगार युवाहरुलाई लक्षीत गरि हाम्रा कार्यक्रम र नीतिहरु अगाडी बढिरहेका छन् । मुख्य कुरा के हो भने हरेक नागरिकले उत्पादनसँग नजोडिई आर्थिकक्रान्ती सम्भव छैन् । नगरपालिकाले उद्यम र उत्पादनसँग जोडिनका लागि वातावण सिर्जना गरिरहेको छ । विभिन्न सीप मुलक तालिमदेखि लिएर व्यवसाय गर्न चाहाने युवाहरुलाई बिना धितो बिना ब्याज ऋण उपलब्ध गराउन नगरपालिकाले मेयर उद्यम कार्यक्रम सञ्चालन गरेको छ ।

युएनडिपि लगायका साझेदार संघ संस्थाहरुसँग मिलेर पुर्नउत्थान तथा पुर्नलाभ परियोजना सञ्चालन गरिरहेका छौँ । जसबाट हजारौँ नगरवासीलाई स्वरोजगार र व्यवसायी रुपमा उत्पादनसँग जोडिन थालेका छन् । विशेष गरि नगरपालिकाले उत्पादनलाई जोड दिएकाले पछिल्लो समय कृषी उत्पादन बढ्दो क्रममा छ । साथै उत्पादन भएको वस्तुलाई बजारीकरणका लागि पनि नीजी क्षेत्रसँग सहकार्य भईरहेको छ ।
त्यस्तै श्रमिक र रोजगारदाताबिचको पुलको रुपमा नगरपालिकाले काम गर्नुपर्ने भन्ने ध्येयले सरोकावाला निकायसँग छलफल गरिएको छ । साथै त्यसका लागि सम्पर्क कार्यायल स्थापनाको काम भईरहेको छ ।

नेकपा भित्रको पार्टी विभाजनले स्थानीय तहको विकास निर्माण कार्यमा कस्तो असर पारेको छ ।


अहिले चालु आर्थिक वर्ष र विगतबाट क्रमागत योजनाका रुपमा सञ्चालन भईरहको कामहरुलाई निरन्तरता दिईरहेको छौँ । त्यसो हुदाँ खेरी भईरहेको विकास निर्माण कार्यमा खासै असर परेको देखिदैँन् । नगरपालिकाले स्वीकृत गरेका योजना कार्यान्वयनको चरणमा छौँ ।
अब अगामी दिनमा हुने बजेट विनियोजन र कार्यक्रमले त्यो कुरालाई निर्धारण गर्छ । स्वभाविक रुपमा विकास र समृद्धिका लागि राजनिति स्थायित्व र स्थीतरता अत्याआवश्य भएकोले त्यसले कुनै न कुनै रुपमा असर त गर्छ नै । स्थीरताका भएमा मात्रै श्रोत साधनदेखि लिएर कर्मचारीतन्त्र सरकार सञ्चालनमा अवरोघ खडा हुन्छ ।


हालसम्म भएको विकास निर्माणमा तपाई कत्तीको सन्तुष्ट हुनुहुन्छ ?


निर्वाचित भएको तीन वर्षको कामलाई हेर्दा म पुर्ण रुपमा सन्तुष्ट छु । तर कुरा के हो भने आम नगरवासी सन्तुष्ट नहुदाँसम्म म खसी हुन सक्ने अवस्था रहदैँन् । किनभने नगरवासीका थुप्रै माग र अपेक्षाहरु छन् । हामीसँग त्यसलाई पुरा गर्ने श्रोत साधन सिमित छ । त्यसैले प्राथमिकतालाई केन्द्र भागमा राखेर सबैको सहयोगबाट मात्रै समृद्धी हासिल गर्न सम्भव छ ।


हामीले कति काम ग¥यौँ भन्ने कुरा भन्दा पनि हामी कुन गति र लयमा कस्तो भिजनकासाथ अगाडी बढीरहेको छौँ भन्ने कुरा महत्वपुर्ण हुन्छ । मलाई लाग्छ त्यो कुरा आम नगरवासीले मुल्याङ्क गर्नु भएको छ । हिजो हामी आउँनु पुर्वको अवस्था के थियो र हामी आईसकेपछिको अवस्था कस्तो छ ? यसलाई मात्रै हेर्ने हो भने सबै कुरा स्पष्ट हुन्छ ।


यद्यपी हामीले चाँहे अनुसार काम गर्न केही असहज परिस्थीती सिर्जना भयो । सुरुवातमा स्थानीय तह सञ्चालनका लागि कानुन-कार्यविधिको समस्या थियो । त्यो तहबाट हामी माथि उठि रहदाँ खेरी कोरोना भाईरसको महामारीले हाम्रा योजनाहरु प्रभावित भए । त्यसो हुदाँपनि मलाई लग्छ नगरपालिकाले विकासको जगस्थापना गरिसकेको छ । अगामी भिजन तय गरिसकेको छ । अब युद्धस्तरमा कार्यान्वयनका जानुपर्छ ।


चुनावि प्रतिवद्धता कति पुरा भए?


निर्वाचनको समयमा हामीले संघ, प्रदेश र स्थानीय तीन वटै तहबाट सम्बोधन हुने योजनालाई प्रतिवद्धताको रुपमा अघि सारेका थियौँ । त्यसो हुदाँखेरी त्यसको मुल्याङ्न पनि त्यही ढङ्गबाट गरिनुपर्छ । कतिपय काम प्रभाव तत्काल देखिदैँन् त्यसको प्रतिफलका लागि समय लाग्न छ ।
हामीले रोपेको बिरुवाले तत्काल अक्सीजन या अन्य लाभ नदीए पनि केही समयपछि त्यसको प्रतिफल पाईन्छ । हामीले पर्यावारणलाई जोगाउन नर्सरी स्थापना गरेको छौँ । एक लाख ७५ बिरुवा वृक्षारोपण गरि एक परिवार दुई बिरुवा अभियान थालेका छौँ । जेष्ठ नागरिकहरुको भत्ता ५ हजार पु¥याउछौँ भेनको थियौँ, दुई हजारबाट तीन हजार पुगेको छ । बाकी बढाउन संघ सरकारले पहल गर्नु पर्ने हो । चुनावि प्रअतिवद्धता अनुसार नै भुमीहिनको समस्या समाधान हुदैँछ ।

त्यो काम अहिले सुरु भएको छ । महाकाली अस्पतात प्रदेश सरकार माहतत छ त्यसको विकासमा सबैको योगदान उत्कृष्ट छ । खेल क्षेत्रलाई अगाडी बढाउन खेलाडीलाई प्रोत्साहित गर्ने । एक वडा एक खेलकुद मैदानको निर्माणको थालनी भएको छ ।
मैले के आग्रह गर्न चाहान्छु भने हिजो बाटो नपुगेको बाटो पु¥याईएको छ, स्वास्थ्य सेवाको पहुच नभएको ठाउँ स्वास्थय सेवा विस्तार भएको छ । विद्युत, खानेपानी, सिचाँई सुविधाबाट बञ्चीत रहेका स्थानीयलाई त्यो सुविधा दिन प्रयास भएको छ । विकास रातारात सम्भव हुने कुरा नभएपनि चरणवद्ध रुपमा आम नागरिकका समस्यालाई सम्बोधन हुने गरि हामीले काम गरिरहेका छौँ ।
हिजोको जैविक मार्गलाई धार्मीक पर्यटकीय मार्गको रुपमा विकास गरेका छौँ , जसले दुरदराजमा रहेका नागरिकलाई सडक सञ्जालमा जोड्ने र जीवनस्तर उकास्ने काम भएकोछ । यो ईच्छा शक्ती भएमा छोटो समयमा धेरै गर्न सकिन्छ भन्ने कुराको उदाहरण पनि हो । बाराकुण्डमा कुण्ड पुनरभरणको कुरा होला चाँहे झिलमिला तालसम्म सडक निर्माण गर्ने या शुक्लाफाँटा पर्यटन मार्गको ट्र¥याक खोल्नेदेखि लिएर कालो पत्रे गर्ने, भित्रि चक्रपथ निर्माण अगाडी बढेको सन्दर्भ छ । शान्ती सुरक्षाका लागि बजार क्षेत्रमा सिसिटीभि क्यामेरा जडान, नगरपालिकाको परिसरको हिजोको आजको अवस्था के छ त्यो तपाईले हेर्न सक्नु हुन्छ । म विनम्रता पुर्वक के आग्रह गर्न चाहान्छु भने मैले भनिरहदाँ पनि यहाँले मुल्याङन गरिन दिनका लागि आग्रह गर्छु ।

कार्य सञ्चालन गरिरहादाँ खेरी हामीले थुप्रै प्रतिकुल अवस्थाको सामना गर्नु परेको छ । हिजोका दिनमा कति दिन नगरपालिकालाई बन्द गराउने आन्दोलित पार्ने काम भयो । त्यसपछि कोरोना भाईरसको नियन्त्रणका लागि विकसित राष्ट्र भन्दा यसमा सक्षम देखिएका छौँ । सीमा नाका भएकोले डेढ लाख भन्दा बढी नागरिक यहाँबाट भित्रिदाँ खेरी त्यसको उचित व्यवस्थापन गरिएको छ । अहिले आफैलाई सोच्दा पनि अचम्म लाग्छ । त्यो कठिन परिस्थिीतीमा कसरी परिचालन भईयो होला भनेर । जतिबेला मान्छेहरु घर बाहिर आउन डराउँथे ।


नगरवासीतर्फबाट तपाईको अपेक्षा के हो ?


भौतिक रुपमा यो नगरपालिकाको जिम्मेवारीमा रहदाँसम्म हाम्रो शारिरिक र बौद्धिक क्षमताले भ्याएसम्म जनता र देशप्रति उत्तरदायि भएर काम गर्ने हो । मेरो एउटै उद्देश्यक के हो भने म जिम्मेवारीमा रहदाँ सम्म नगरवासीका अधिकतम् समस्या समाधान गर्ने, अन्य नगरपालिकाको भन्दा तुलनात्मक रुपमा नगरपालिकालाई उत्कृष्ट र समृद्ध बनाउने । आफुले लिएको जिम्मेवारीलाई कसरी उत्कृष्ट रुपमा पुरा गर्न सकिन्छ, कसरी नगरलाई योगदान दिन सकिन्छ भनेर चिन्तन मनन् गर्नुपर्छ । त्यसैगरि सबै नागरिकले देशलाई आफुले कुन रुपमा योगदान दिन सकिन्छ त्यो विषयमा सोच्न पर्छ ।

हरेकले उत्पादनसँग जोडिनु पर्छ, व्यक्ति आत्म निर्भर भएका घर सक्षम हुन्छ । हरेक घर सबल भएमा सामुदाय र देश समृद्ध हुन्छ । त्यसैले म के आग्रह गर्न चाहान्छु भने सबै कुनै कुनै रुपमा उत्पादनसँग जोडिऔँ । हात बाधेर नबसौँ । जति सकिन्छ, त्यती योगदान गरौँ । हिजो राजनितिकक्रान्तीका लागि लाग्यो अब समाजवाद उन्मुख आर्थिकक्रान्तीमा जोडिनु पर्छ । सामाजिक रुपान्तरणका लागि पनि अग्रसर हुनुपर्छ । सबैले सकारात्मक र रचनात्मक भुमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।

 
मितजी TV
Video thumbnail
Happy Dashain from CDO of Kanchanpur | प्रमुख जिल्ला अधिकारीको शुभकामना सन्देश ।
01:45
Video thumbnail
दशैं तिहार सुरक्षित ढंगले मनाऔं - मन्त्री लाल बहादुर खड्का
01:43
Video thumbnail
एमसीसी पूर्ण रुपमा खारेज गर्न माग गर्दै धनगढीमा प्रर्दशन | Protest against MCC in Dhangadhi
04:54
Video thumbnail
भारतबाट गड्डाचौकी नाका भई नेपाल फर्कनेको संख्या बढ्दो क्रममा
01:46
Video thumbnail
नेपाल शिक्षक संघ कञ्चनपुर र नेपाल प्रहरी बीच भिमदत्त नगरपालिका परिसर भित्र झडप
05:52
Video thumbnail
नेपाल रेडक्रस सोसाइटि, कन्चनपुरका अध्यक्ष मनोज प्रसाद उप्रेती ज्युको सन्देश | RedCross Kanchanpur
02:52
Video thumbnail
कञ्चनपुर अन्तरिक राजस्व कार्यालय प्रमुख पुस्कर न्यौपाने ज्युको सन्देश | IRD Kanchapur
01:50
Video thumbnail
कन्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेय ज्युको सन्देश | CDO of Kanchanpur
01:39
Video thumbnail
महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्ण दत्त जोशी (Boxer) को सन्देश | #MitjeeMedia #COVID19
02:24
Video thumbnail
बन्यजन्तु मैत्री विकास निर्माण गर्न अत्यन्त जरुरी। तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा ड्रोन गस्ती
05:47

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्