कञ्चनपुर प्रहरीको ‘सुरक्षित चेली अभियान २०७७’ शुरु

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आजदेखी ‘सुरक्षित चेली अभियान २०७७’ सुरु गरेको छ । शुक्रबार जिल्लाका प्रमुख व्यक्तिहरुको सहभाागितामा एक कार्यक्रमका बिच सो अभियानको उद्धघाटन गरिएको
हो ।

कञ्चनपुर प्रहरीले जिल्लाका नौ वटै स्थानिय तहमा उक्त कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

स्थानिय महिला तथा चेलीहरुलाई लक्षित गरी संञ्चालित उक्त कार्यक्रममा महिला वर्गलाई हिंसा,हिंसाको प्रकृति,पिडित भएको अवस्था,उजुरी गर्ने निकाय,कानुनी व्यवस्था,प्रकृया लगाएत सामाजिक विकृति विसंगति सम्बन्धि जनचेतना तथा जानकारी गराइने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीले बताए ।

उनले भने ‘समग्रमा भन्नु पर्दा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न कञ्चनपुर प्रहरी र स्थानिय तहको विचमा संस्थागत साझेदारीता निर्माण गर्ने उद्देश्यले यो अवधारणा प्रस्तुत गरिएको हो ।’

उनकाअनुसार कञ्चनपुर प्रहरीले गाउँगाउँमा,टोलटोलमा स्थानियसंग छलफल तथा सामुहिक अन्तरक्रिया,पर्चा पम्पलेट बितरण,माइकिङ,विद्यालय सम्पर्क कार्यक्रमका माध्यम बाट यो अभियान सञ्चालन गर्ने छ ।

यो कार्यक्रमको लक्ष्य र उद्देश्य के हो ?

बालविबाह,दाइजोप्रथा,बहुविबाह,बोक्सीको आरोप लगाएतका महिला हिंसा रोकथाम तथा न्यूनिकरण सम्बन्धमा जनचेतना फैलाउने, अपराध न्यूनिकरण गर्न,समाजमा घटेका घटनाहरुको सूचना प्रदानमा वृद्धि गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक अमर थापा क्षेत्रीले बताए ।

त्यस्तै शान्ति सुरक्षा र अमनचयन कायम गर्न, कानुनमा महिला तथा चेलीबेटीको सहज पहुच हुने, कुनै पनि अपराधको सजिलै प्रहरीमा उजुरी गर्न सक्ने र अनुसन्धान कार्यमा सहजिकरण गर्ने लगाएतका उद्देश्य यो कार्यक्रमको रहेको छ ।

डिएसपी थापाका अनुसार लिङगका आधारमा हुने अपराधमा कमी ल्याउन,महिला वर्गले सुरक्षित रुपमा कानुनी स्वतन्त्रताको उपभोग गर्न सक्ने वातावरणको विकास गर्ने, प्रहरी र नागरीक बिचको दुरीलाई घटाउन, अपराध तथा महिला,बालबालिका विरुद्द हुने हिंसा न्यूनिकरण गर्ने यो अभियानको लक्ष्य रहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्