‘भीमदत्त नगरपालिकाले अरु नगरपालिका भन्दा विकास र समृद्धिको बाटोमा फड्को मारेको छ’

भीमदत्त नगरपालिका कञ्चनपुरको सदरमुकाममा अवस्थीत नगरपालिका हो । यो नगरपालिका जिल्लाको सबै भन्दा पुरानो नगरपालका हो । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि नगरपालिकाले विकासमा कोल्टो फेरेको छ । नगरका पर्यटकीय क्षेत्रको प्रचारप्रसार होेस् या पुर्वाधार निर्माण गरि प्रवद्र्धन गर्ने कुरामा नगरपालिका अग्र पङ्तीमा छ । त्यस्तै नगरपालिको धार्मीक पर्यटन मार्ग निर्माण गरि दुरदराजका नागरिकलाई सडक सञ्जालसँग जोडेको मात्रै छैन् उनीहरुको जीवनस्तरमा आमुल परिर्वतनका लागि स्पष्ट नीतिका साथ अगाडी बढेको छ । भीमदत्तको समग्र विकास निर्माणमा केन्द्रित रहेर भीमदत्त नगरपाालिकाका प्रमुख प्रशासकिय अधिकृत पुस्कर भट्टसँग पत्रकार देवेन्द्र खड्काले गरेको कुराकानीको संम्पादीत अशं ।


भीमदत्त नगरपालिकाको परिचय कसरी दिनु हुन्छ ?
यो भीमदत्त नगरपालिको परिचय मैले दिनुपर्दा खेरी यो नगरपालिका समृद्धि तर्फ उन्मुख सहर हो । महान सहिद भीमदत्तको सहर हो यो,जहाँ प्राकृतिक विविधताहरु छन् । आफैमा यो एउटा पर्यटकिय सहरपनि हो । धार्मीक पर्यटन संग जोड्यौ भने यो सुदूरपश्चिमकै एउटा नमुना सहरको रुपमा विकास गर्न एउटा योजना तथा पलानिङ गरिएको सहर हो । समग्रमा भन्नु पर्दा यो विकास र समृद्धितर्फ उन्मुख सहर हो । यहाँ शैक्षिक,सामाजिक,आर्थिक, सबै हिसावले र वातावरणिय हिसावले समृद्धि सहर हो । मैले यसरी भीमदत्त नगरपालको परिचय दिन चाहान्छु ।

पर्यटन विकासका लागि नगरपालिकाले के गरिहेको छ ?
हामीले गत वर्ष देखी नै सम्माननिय राष्ट्रपति ज्यू लाई आमन्त्रण गरेर भिजिट २०२० को कार्यक्रम आयोजना गरेयौँ । तर त्यतिबेला कोभिडका कारणले हामी आक्रन्त भयौँ । यद्यपी भीमदत्त नगरपालिकाले यहाँको पर्यटन विकासका लागि शुक्लाफाँटा पर्यटन महोत्सव,प्रचारप्रसार,भौतिक पूर्वाधार विकास,लगाएतका काम निरतर गर्दै आएको छ । त्यस्तै बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि पनि नगरपालिकाले काम गरिरहेको छ ।

भीमदत्त नगरपाालिकाको समग्र विकास कसरी भइहरेको छ ?
विकास त अब भीमदत्त नगरपालिको भौतिक पूर्वाधारको कुरा गर्ने हो भने प्रतयक वडाहरुमा,प्रतयक बस्तिमा,प्रतयक टोलटोलमा ग्राभेल नभएको सडक छैेन । यद्यपी अहिले मर्मत सम्भारको खाचो होला,र पनि कालो पत्रे भइरहेका सडकहरु छन् । त्यस्तै हाम्रो उत्तर तिर त्यत्रो जैविक–धार्मीक मार्ग र वाह्य चक्रपथको धारणा पनि कतिपय ठाउँमा बाह्य चक्रपथको टेण्डर भएर काम पनि भइरहेको छ । यस्तै सहर भित्र हेर्ने हो भने अहिले कमसेकम साढे १३ किलोमिट २ लेनको फुटपातसहितको, ढल,नालीसहितको निर्माण कार्य तपाईहरु देखिरहनु भएको छ । क्षेत्रिय शहरी विकास आयोजना अन्तर्गत त्यो पनि काम भइरहेको छ । त्यस्तै विभिन्न विद्यालयमा पूर्वाधारका कामहरु भएका छन्,सबै वडाहरुमा स्वास्थ्य चौकीहरु स्थापना भएका छन्,आज भन्दा २०/३० वर्ष पछिको परिकल्पना गरेर सुविधासम्पन्न वडाकार्यालय भवन निर्माण भएका छन् । केही वडाकार्यालय भवन निर्माणाधिन छन् । त्यस्तै यहाँको दुर्गम वस्तिका रुपमा रहेको खल्ला,मसेट्टी क्षेत्रमा विद्युत लाईनहरु पुर्याइएको छ । अहिले त्यहाका मान्छेले उज्यालो देख्न पाएका छन् । दुरसञ्चारको सुविधा पाएका छन् । मसेट्टीको साइलेन्ट रिभर सम्म नै बाटो निर्माण भएको छ । गत वर्ष नगरपाालिकाले त्यो क्षोत्रमा र्याप्टिङको सफल परिक्षण पनि गरेको छ । कोभिडको समयमा गाउँगाउँमा नगरपालिकाले स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । समग्रमा भन्नु पर्दा भीमदत्त नगरपालिकाले अरु नगरपालिका भन्दा विकास र समृद्धिको बाटोमा फड्को मारेको छ । यहाँको कुशल नेतृत्व,यहाँका कर्मचारी, मिलनसार जनप्रतिनिधिहरु, र उहाँहरुमा विकास प्रतिको जुन भावना छ, यसै सन्दर्भमा एउटा कुरा भनिहालौ,यसपालि एकदुई वटा महोत्वपूर्ण सम्झौताहरु भएका छन् । जस्तो एयरपोर्ट संञ्चालनका बारेमा अघपनि भने,त्यस्तै देशभरिकामा नगरविकास कोषले उत्कृष्ट नगरपालिका रुपमा भीमदत्तलाई पुरुस्कृत गरेको छ,एक लाख नगद सहित त्यो पैसा कम,बढी जे भएपनि हामी उत्कृट भयौ,त्यसमा हामीले गौरव मान्नु पर्छ । त्यस्तै विकासको कुरा जोड्दा मेयर उद्यमशिलता कार्यक्रम संञ्चालनमा छ, कृषि,पशुपालनका क्षेत्रमा र खासगरी विदेशबाट फर्किएका र स्वादेशमै रहेका बेरोवगार युवाहरुलाई लक्षित गरेर कार्यक्रम संञ्चालन गरेका छौ । त्यस्तै हामीले विना धितो विना व्याज ऋिण कार्यक्रम पनि अगााडी बढेको छ ।

यस वर्ष भीमदत्त नगरपालिकाले विकासका पूर्वाधार मध्ये कुन क्षेत्रलाई बढी जोड दिएको छ ?
पहिले त मानव स्वास्थ्यको कुरा हो, स्वास्थ्य जोगियो भने विकास त हुने कुरा हुदै गर्छ विस्तारै र हामीले कुनै पनि क्षेत्रलाई छोडेका चाही छैनौ, निरन्तर रुपमा हाम्रा बाटाघाटा,पुलपुलेसाहरु,सिचाईका कामहरु भइरहेका नै छन् । कृषि क्षेत्रलाई र उद्यमशिलता क्षेत्रलाई अलि बढी फोकस गरेर उत्पादनमुखी उत्पादन तिर जोड दिइएको छ । त्यस्तै नगरका महत्वका योजनाहरु पनि छन् हाम्रा अगाडी,जस्तो हामीले कञ्चन महल,भ्यू–टावरको अवधारणा छ । यसैगरी इकोपार्क बनिरहेको छ । त्यस्तै यहाँको चुनौतीको रुपमा रहेको फोहोरमैला व्यवस्थापन लाई भीमदत्त नगरपालिकाले महत्वका साथ हेरिएको छ । र भौतिक पूर्वाधार,विजुलीका कुराहरु, र वाहय चक्रपथको कामलाई पनि महत्वका साथ हेरिएको छ । यसकारण हामीले शिक्षा,स्वास्थ्य,धार्मीक,पर्यटन,कृषि यी सबै क्षेत्रलाई जोड दिएका छौ ।

फोहोर मैला व्यवस्थापनका लागि नगरपालिकाले के गरिरहेको छ ?
हामीले यूएनडिपी संगको साझेदारीमा एउटा कार्यक्रम त्यो पनि गर्दै छौ । अर्को एडिबीे सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि सम्भाव्यता अध्ययनको लागि कार्यक्रम बनाएका छौ । र त्यहाँ सहजिकिरणका लागि भनेर तीन सदस्यीय सहजजिकरण समिति समेत बनाएका छौ । त्यो सम्भावित क्षेत्रका सरोकारवालहरु संग संवाद,अन्तरक्रिया लामो समय देखी चलिरहेको छ । यो भीमदत्तको गौरवको आयोजना हो । यो अहिले नभए कहिले हुदैन त्यसैले भीमदत्त नगरपालिका यो योजनाबाट कुनै पनि हालतमा पछाडी हट्न सक्दैन । यसमा चाहीँ सबैको सहयोग,साथ चाहिन्छ । किनभने यो फोहोरमैला व्यवस्थापन केन्द्र हो । यो चाही नबुझेका स्थानियललाई हामीले बुझाउन सक्नु पर्छ,उहाँहरुलार्य हाम्रा धारणाहरु प्रष्ट पार्न सक्नु पर्छ, यसै विषयलाई लिएर कार्यपालिकाको बैठक पनि बसेको छ । आशा छ यो फोहोरमैला व्यवस्थापन केन्द्र छिट्टै टुङगोमा पुग्छ ।

अरु स्थानिय तह भन्दा भीमदत्त नगरपालिकाले केही नयाँ काम गरेको छ की ?
अब यो त तपाईहरुले मुल्याङकन गर्ने कुरा हो । पहिलो कुरा त के भने नी भीमदत्त नगरपालिका पुरानो नगरपालिका हो । यसका केही पूर्वाधारहरु त थिए नै,त्यसपछि जनप्रतिनिध आइसकेपछि,तीन तहको सरकार बनिसकेपछि,यहाँ अहिलेको सन्दर्भमा एकदमै नयाँ कामहरु भन्नु पर्दा खेरी,तपाईहरुलाई अहिलेसम्म यो कहिले स्थापना भएको भन्ने हो भन्ने पनि यहाँ थिएन । हामीले गत वर्ष पहिलो स्थापना दिवस र यो वर्ष दोस्रो स्थापना दिवस मनायौ । त्यसैगरी मेयर उद्यमशिलता कार्यक्रम यो पनि भीमदत्तको नयाँ कार्यक्रम हो । त्यस्तै जैविक–धार्मीक मार्ग,यो पनि भीमदत्तको युनिक कार्य हो । र भीमदत्त नगरपालिका साझेदारी र सहकार्यमा विश्वास गर्ने भएकोले सहकार्य र साझेदारी नै भीमदत्तको एउटा युनिक पक्ष हो ।

नगरपालिकाका योजना उपभाोक्ता समिति गठन गर्दा राजनितिक हेरफेर हुन्छ भन्ने गुनाासो छ । यसमा तपाई के भन्नु हुन्छ ?
यसमा मेरो कुनै पनि कमेन्ट छैन । किनभने हामी योजना छनौट गर्छौ, योजना छनौटका सात वटा चरण छन् । त्यसमध्ये नगरसभाबाट योजनाहरु छानिन्छन्, योजना छानिसकेपछि त्यो योजनामा अपनत्वको भावना आउँला, जुन ठाउँमा योजना बन्दै छ,त्यो ठाउँका जनसमुदाय,त्यो ठाउँका सरोकारवाल,लावदायिहरुले बढीभन्दा बढी राम्रो काम होस्, पारदर्शी होस् भन्ने हिसाबले त्यहाँ कै समुदायको सहभागितामा उपभोक्त समिति गठन हुन्छ । र त्यो काम वडा कार्यालय मार्फत हामी गराउँछौ । हाम्रा नगरपालिकाका प्रतिनिधि,वडा कार्यालय,त्यहाँका टोल विकास समितिहरु, त्यहाँका वुद्धिजिविहरु,समाजसेवीहरुको सहभागितामा उपभोक्ता समिति गठन भएर आउछ र उपभोक्ता समितिले काम गर्छ, काम गरेको आधारमा जस्लेचाही समयमै काम सक्छ उस्ले चाँही हामीबाट पेमेन्ट पाउँछ । अहिले लुकेर,छिपेर काम पर्ने काम छैन । उपभोक्ता समिति भनेको त बन्द कोठामा त होइन गठन गरिने, राजनितिक हिसाबले गर्यो भने त विवाद भेली नै आइहाल्छ । कहिले काही राजनिति भयो भनेको सुनिन्छ तर त्यस्तो चाही मलाई लाग्दैन ।

तपाई भीमदत्त नगरपालिकामा आइसकेपछि गरेको परिवर्तन के हा ?
म त एउटा पात्र मात्रै हो हेर्नुहोस् । एक जनाले मात्र केही पनि गर्न सक्दैन,समग्र टिमले गर्ने हो । म आउँदा खेरी मपनि समायोजन भएर आए । यहाँ विभिन्न कार्यालयबाट समायोज भएर आएका कर्मचचारी हुनुहुन्थ्यो, जस्तो शिक्षा,स्वास्थ्य,पशु,कृषि यी सबैलाई एउटा छातामुनी ल्याउदा खेरी उहाँहरुको आ–आफ्नो काम गर्ने पद्धती,काम गर्ने सिस्टम थियो । त्यसलाई हामीले स्थानिय सरकार संञ्चालन ऐन बमोजिम संञ्चालन गर्नुपर्ने एउटा चुनौती थियो । म एक्लै आएर यहाँको परिवर्तन भएको होइन । यहाँका जनप्रतिनिधि,यहाँको कुशल नेतृत्व,तथा नगरप्रमुख,उप–प्रमुख,वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरुको जुन सोच छ,भीमदत्तलाई एउटा समृद्धि भीमदत्त नगर बनाउने त्यो सोचलाई हामी कर्मचारीले पुरा गर्ने क्रियाकलाप तयार गर्ने काम गर्छौ । पहिले यहाँ अनुसासन थिएन म आइसकेपछि भीमदत्तले अलि अनुसासन चाही सिकेको जस्तो लाग्छ मलाई ।

छाडा पशुचौपाया व्यवस्थापनका लागि नगरपालिकाले के गरिरहेको छ ?
छाडा पशुचौपाया व्यवस्थापनका लागि नगरपालिकाले गौशाला निर्माण गरेको विगतको कुरा तपाईहरुलाई थाहा छ । म चाही नगरवासीलाई के अनुरोध गर्छु भने,त्यती ठुलो समस्या चाही होइन यो छाडा पशुचौपाया,हामीले वर्षै भरी त्यो गाईको दुध खाने,अनी त्यसपछि छोडिदिने । सबैले गाई छोड्न रोकिदिने हो भने त छाडा पशुचौपायाको समस्या नै हुने थिएन । यतिका छाडा चौपायाललााई एउटा नगरपाालकाले कसरी,कहाँ राख्ला तर प्रायास त भएको छ नी । गौशाला निर्माण गरेयौ,पराल खोज्यौ धेरै प्रयास गरेयौ तर के भयो भने एक्लो र एउटा संस्थाको प्रयासले त्यो सम्भव नै हुदैन । त्यसमा प्रत्यक स्थाानियको सहयोग नहुदा खेरी यो समस्या ज्यूका त्यू छ । यो हाम्रो साझा समस्या हो ।

नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरु बिच कस्तो सम्बन्ध रहेको छ ?
यो त सोध्ने कुरै होइन । जनप्रतिनिधि संग समन्वय नभएत संस्था नै चल्दैन । यसकारण कर्मचारी र जनप्रतिनिधि बिच नङ र मासु जस्तै सम्बन्ध छ । जनप्रतिनिधिहरु एकदमै सहयोगि हुनुहुन्छ र हामी कर्मारी पनि निति,नियम अनुसार काम गर्छौ र हामीलाई केही समस्या पर्दा उहाँहरुले रायसल्लाहा दिनुहुन्छ,उहाँहरुलाई केही समस्या पर्दा हामीले दिन्छौ । सबै जना सहयोगि हुनुहुन्छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्