महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षिया किशोरी भागरथी भट्टको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त दिनेश भट्टले आफूले अपराध नगरेकको बताएका छन् । यसअघि आफुले नै बलात्कार पछि हत्या गरेको स्वीकार गर्दै आएका दिनेशले अचानक बयान फेरेपछि भागरथी हत्या काण्डले नयाँ मोड लिएको छ ।
दोगडाकेदार गाउँपालिका–७ चडेपानी की भागरथीको बलात्कारपछि हत्या अभियोगमा दिपायलस्थित बालसुधार गृहमा रहेका दिनेशले शनिवार आफ्ना बुवासँगको भेटमा आफूले घटना नगराएको बताएका हुन् । आइतबार कञ्चनपुरको महेन्द्रनगर पुगेर अभियुत्त दिनेशका बुवा दिपकराज भट्टले पत्रकार सम्मेलन गर्दै दिनेशले आफुले घटना नघटाएको बताएको बताएका हुन् ।
‘घटना घटेको १३÷१४ दिन सम्म अनुसन्धान हुदैँ गर्दा मेरो छोराले मैले गरेको होईन भनिरहेको थियो । दिनेश संगका साथीहरुलाई प्रहरीले छाडे तर दिनेशलाई फागुन ४ गते राती प्रहरीले आफु संगै राखे । मैले मेरो छोरालाई किन राखेको ? भन्दै प्रहरीलाई भने, प्रहरीले आज राती भइसक्यो,भोली विहान पठाइदिन्छौ भने, मैले राती भए म लिन आउछु भन्दा पनि प्रहरीले मानेन् । उस्लाई त्यो रात त्यही राखे ।’ दिनेशका बुवा दिपकराजले भने ‘त्यसपछि मलाई थाहा नै नदिएर मेरो छोरालाई प्रहरीले जिल्ला लगेर गए । मैले जिल्ला प्रहरी कार्यालय बैतडीमा छोरालाई सोध्दा, उस्ले मैले मारेकोे हुँ, तर बलात्कार भने गरेको होइन भनेको थियो । तर केही दिन पछि सरकारी वकिल कार्यालय र जिल्ला अदालतमा छोराले मैले नै बलात्कार गरेर हत्या गरेको भन्यो । त्यसपछि मलाई पनि अचम्म लाग्यो ।’
हाल पुर्पक्षका लागि बाल सुधार गृह डोटीमा राखिएका दिनेश भट्टले आफ्ना आफन्तसंग टेलिफोन सम्पर्क गरेर आफुले भागरथीको हत्या नगरेको हत्या दोगडाकेदार गाउँपालिक–७ का सरकारी कर्मचारी र उनी संग रहेका एक जना अपरिचित व्यक्तिले गरेको बताएका छन् ।
‘दिनेशले शुक्रबार मेरो भाईलाई फोन गरेर हत्या वडाकार्यालयका कर्मचारी र उनि संगै रहेका एक जना अर्का व्यक्तिले गरेको हो भनेपछि त्यो कुरा भाईले मलाई भन्यो ।’ दिनेशका बुवा दिपकराजले भने ‘अनि म हिजो शनिबार दिनेशलाई भेट्न दिपायल गएको थिए । मेरो र त्यहाँ प्रहरीका अगाडी दिनेशले आफुले हत्या नगरेको हत्या र बलात्कार हाम्रो वडा कार्यालयको कर्मचारी र अर्को मान्छेलाई म चिन्दैन उनिहरुले गरेको मैले विद्यालयबाट घर फर्किदा देखेको बताएको छ । मैले पहिला किन भनिनै ? भनेर सोध्दा उनिहरुलाई भागरथीलाई मारिरहेको मैले देखेपछि उनिहरुले मेरो घाटीमा चक्कु राखेर कसैलाई यो घटनाको बारेमा भनिस भने तेरो भाई र तेरो बुवा र तलाई मारिदिन्छु भनेका थिए त्यही डरले मैले अपराध स्वीकारेको हु, दिनेशले म संग भन्यो, मैले अनि घटनास्थलमा भेटिएका घडी,मोवाइल,बैट्री यो ठाउँमा छन् भनेर कसरी थाहा भयो तलाई ? भनेर सोधे,उसले ती सबै कुरा उनिहरुले मलाई त्यहाँ देखाएका थिए भन्यो । फेरी मैले अहिले किन भनिस् त ? भनेर सोध्दा ‘अहिले तपाईहरु गाउँ छोडेर आइसक्नु भयो,त्यसैले मलाई भन्ने आट आएको हो ।’
अहिले अभियुक्त दिनेशका बुवा दिपकराज चडेपानी आफ्नो घर छाडेर आफ्ना परिवार सहित महेन्द्रनगर पुगेका छन् ।
‘छोरा संगैका उसका साथीहरु विद्यालय गएको,नजिकै भागरथीको घर,उनकी आमाको आशु देख्न नसकेर र छोराले यो कुरा सुनाएपछि म गाउँ छोडेर आउन बाध्य भए ।’ दिपकराजले भने ‘मेरो र मेरा परिवारको सुरक्षा सरकारले लिएपछि म मेरो छोराले भनेको सरकारी कर्मचारीको नाम पनि सार्वजनिक गर्न सक्छु । मेरो छोरालाई डर धम्की देखाएर फसाइएको छ । म घटनाको पुनःसत्य तथ्य छानविन गर्न सरकार संग माग गर्न चाहन्छु ।’ गत माघ २१ मा विद्यालयबाट घर फर्कने क्रममा १७ वर्षीया भागरथीको बलात्कारपछि हत्या भएको थियो । २१ माघमा बेपत्ता भएकी भट्टको भोलिपल्ट घर नजिकैको लबलेक जंगलमा शव फेला परेको थियो । फोटोमा अभियुक्त दिनेका वुवा दिपकराज भट्ट

