कोरोनाको संक्रमण नियन्त्रणका लागि सामाजिक तथा मनो सामाजिक परामर्श एवम् चेतना वृद्धिका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाका आठ वडा वडामा स्वच्छताका लागि व्यवहार परिर्वतज गरियोजना सञ्चालन गरियो । निड्स नेपाल र अक्सफामसँगेको साझेदारीमा सञ्चालिच उक्त परियोजनाले स्थानीयको व्यवहार र जिवनशैली परिर्वतन गर्न प्रभावकारी रहेको जनप्रतिनिधिको मुल्याङ्कन छ ।

परियोजना सञ्चालन भएपछि लक्षीत समुदायको स्थानीयमा सरसफाईको व्यवहार र सामाजिक चेतनाको वृद्धी भएको हो । भीमदक्त नगरपालिका–२ का वडाध्यक्ष डम्बर सिंह कार्कीले परियोजनाले सञ्चालन गरेको कार्यक्रम एकदमै प्रभावकारी रहेको बताए । उनका अनुसार परियोजनाले साबुन, बाल्टीन, सौल लगायतका स्वास्थ्य सामाग्री वितरणसँगै जनचेतनाका लागि सचेतनामुलक कक्षा सञ्चालन गरेको थियो ।
परियोजनाले सञ्चालन गरेका आमाका चमत्कारी हातहरु कार्यक्रमले स्थानीय आमाहरुलाई स्वच्छ व्यवहार सिकाउनुका साथै लैगिङ्ग समानताबारे समेत उनिहरु जानकार भएको अध्यक्ष कार्कीको भनाई छ ।
त्यस्तै भीनपा १२ का वडाध्यक्ष कृष्ण सिंह देउवाले स्थानीयको व्यवहार परिर्वतन परियोजना सफल रहेको बताए । उनले परियोजनाबाट वितरण गरिएका स्वास्थ्य सामाग्री र जनचेतनामुलक कार्यक्रम प्रभावकारी रहेको बताए । परियोजनामार्फत स्थानीयलाई हात धुन टुटीसहितका बाल्टीन, साबुन, उलन सौल लगायतका सामाग्री वितरण गरिएको थियो भने सचेतनाका लागि महिला सशक्तीकरण, लैगिङ्ग समानता र सरसफाईबारे कक्षा सञ्चालन गरिएको हो ।
त्यस्तै भिनपा–१३ का वडाध्यक्ष लाल बहादुर शाहीले परियोजनाले सञ्चालन गरेका कार्यक्रम एकदमै प्रभावकारी रहेको बताए । उनका अनुसार परियोजनाले लक्षीत समुदायका नागरिकमा स्वस्थ व्यवहार जनचेतनाको विकास भएको बताए ।
भीमदत्त नगरपालिकाकी उप प्रमुख सुशिला सिंह चन्दले पनि परियोजना प्रभावकारी रहेको बताईन् । उनले कोरोना भाईरसको संक्रमण नियन्त्रण र विपन्न वर्गको जिवनशैलिका परिर्वतन ल्याउन परियोजनका कार्यक्रम प्रभावकारी रहेको बताईन् ।