कोरोना भाईरसको संक्रमणपछि सरकारी तथा अन्य दातृ निकायले राहत स्वरुप विभिन्न खाद्यान्न, स्वास्थ्य सामाग्री विरतण गरे । राहत स्वरुप वितरण भएका ति सामाग्रीहरु स्थानीयले उपभोग गरिसकेका छन् । तर भीमदत्त नगरपालिकाका ८ वडाका विभिन्न टोलका स्थानीयले घर आगनमै टुटी जडित बाल्टीन राखेर नियमित हातधुने गरेका छन् । ‘संघ संस्थाले विरतण गरेका सामाग्री उपभोग गरेका सकिन्थ्यो कि त मिसयुज हुन्थ्यो ।’
भीमदत्त–१२ का वडाध्यक्ष कृष्णसिंह देउवाले भने निड्स नेपालबाट वितरण भएको टुटी जडित बाल्टीन सबैको घर आगनमा छ, साबुनपानीले हात धुन टुटी समेत जडान गरिएकाले स्थानीयले त्यसको पु्र्ण उपयोग गरिरहेका छन् ।’ उनका अनुसार निड्सले सोनाहाबस्ती लगायत अन्य विपन्न समुदायको टोल छनौट गरि साबुन, बाल्टीन लगायतको स्वास्थ्य सामाग्री वितरण गरेको थियो । वितरण गरिका सामाग्रीले स्थानीयको व्यवहारमा परिर्वन ल्याएको उनको भनाई छ ।

त्यस्तै भीमदत्त १३ का वडाध्यक्ष लाल बहादुर शाहीले वडाका विभिन्न टोलका घरघरमा टुटी जडित बाल्टीन राखिएको छ । बाल्टीनमा पानी राखेर स्थानीयले नियमित हातधुने गरेका छन् ।
निडस नेपाल र अक्सफमको साझेदारीमा २०२० जुन महिना देखि भीमदत्त नगरपालिकाको वडा नं.२,१९,९,१०,११,१२ र १३ नं. वडामा स्वच्छताका लागि व्यावहार परिवर्तन परियोजना ज्द्यऋऋ संचालन गरिएको थियो । जस अन्तरगत सार्बजनिक स्थलहरुमा हेन्डवास स्टेशन निर्माण, विपन्न गरिब परिवरलाई २००० बाल्टिन र साबुन वितरण, तिन सय घरधुरीलाई चिसोमा प्रयोग गरिने विभिन्न सामग्री वितरण तथा स्वास्थ्य कार्यालयलाई ४ सय आइसोलेसन किट उपलब्ध गराएको छ ।
भीमदत्तका विपन्न बस्ती श्रीलंका टोल, खल्ला मसेठ्ठी, सोनाहा बस्ती, रानाथारु, सुकुम्बसी लगायतका बस्तीमा परियोजना सञ्चालन गरिएको हो । परियोजनाका संयोजक प्रयागराज रेग्मीले आठ वडाका दुई हजार बढी परिवारलाई टुटी जडित बाल्टी वितरण गरिएको बताए । ‘अधिकांश रोगहरु सरसफाई नहुदाँ लाग्छन् ।’ उनले भने ‘स्थानीयलाई सरसफाईको व्यवहार सिकाउनका लागि साबुनसहित बाल्टीन वितरण गरेका हौँ ।’ बाल्टीन वितरण भएपछि स्थानीयमा नियमित साबुनपानीले हात धुने बानिको विकास भएको छ ।