कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ को वडा कार्यालय अगाडी फुड प्रेस ह्याण्डवास(हेण्डवास स्टेसन) जडान गरिएको छ । कार्यालयमा आउने सेवाग्राहीलाई साबुन पानीले हातधुन पानी ट्याङ्की जडानले सहज बनाएको छ ।
वडा कार्यालयमा आउने सेवाग्राही साबुनपानीले हात धोएर मात्रै कार्यालय भित्र पस्छन् । कार्यालय सहयोगीले पनी सेवाग्राहीलाई साबुनपानीले हात धोएर मात्रै कार्यालय पस्न आग्रह गर्छन ।
कोरोना संक्रणपछि सरसफाईमा विशेष जोड दिन थालिएको छ । सरसफाईमा ध्यान दिनेसके अधिकांश रोगहरु नलाग्ने चेतनाको विकास हुदैँ गएको छ । कोरोना संक्रमण जोखिम नियत्रन्त्रणका लागि कञ्चनपुरको निड्स नेपालले ‘स्वच्छताको लागि व्यवहार परिर्वतन परियोजना’ सञ्चालन गरेको छ । सोही परियोजना अन्र्तगत नै वडा नम्बर १२ को कार्यालयमा हान्डवास स्टेसन जडान गरिएको हो ।
वडा कार्यालयमा भेटिएका एक सेवाग्राहीले पानी ट्याङ्कीले हातधुन सहज भएको बताए । उनको अनुसार कार्यालय अगाडी पानी ट्याङ्की राखिएकाले जो कोहि सेवाग्राहीलाई साबुनपानीले हातधुन सहज हुने गरेको छ । ‘कार्यालयमा राखिएको पानीले यहाँ आउने सेवाग्राहीलाई हातधुन धुन सहज त भएको छ नै ।’ उनले भने यसले घरमा पनि स्थानीयमा साबुन पानीले हात धुन पर्छ भन्ने चेतनाको विकास समेत भएको छ ।’
त्यस्तै वडाध्यक्ष कृष्णसिंह देउवाले हात धुनलाई कार्यालयमा जडान गरिएको पानी ट्याङकी एकदमै प्रभावकारी रहेको बताए । उनका अनुसार कार्यालय अगाडी राखिएको पानी ट्याङकीले जो कोही सेवाग्राहीले सहजै हात धुन मिल्ने व्यवस्था भएको छ । अध्यक्ष देउवाले भने ‘यसले कोरोना भाईरस लगायता अन्य रोगको संक्रमण जोखिम घटाउन सहयोग गरेको छ । साथै कार्यालयमा आउने सेवाग्राहीले साबुनपानीले हातधुने बानीको समेत विकास भएको छ ।’
निडस नेपाल र अक्सफमको साझेदारीमा २०२० जुन महिना देखि भीमदत्त नगरपालिकाको वडा नं.२,१९,९,१०,११,१२ र १३ नं. वडामा स्वच्छताका लागि व्यावहार परिवर्तन परियोजना (एचबिसिसि) संचालन गरिएको हो ।
परियोजना संयोजक प्रयोगराज रेग्मीका अनुसार सार्वजनिक स्थलहरुमा हेन्डवास स्टेशन निर्माण, विपन्न गरिब परिवरलाई २००० बाल्टिन र साबुन वितरण, तिन सय घरधुरीलाई चिसोमा प्रयोग गरिने विभिन्न सामग्री वितरण तथा जनस्वास्थयलाई ४ सय आइसोलेसन किट उपलब्ध गराएको छ । त्यस्तै आमाका चमत्कारी हातहरु, लैगिङ्क विभेद उन्मुलनका लागि जनचेतनामुलक कार्यक्रम समेत परियोजनाले सञ्चालन गरेको संयोजक रेग्मीको भनाई छ ।