अनलाईनमार्फत अध्यापन र परिक्षा सञ्चालन गर्न सुप विश्वविद्यालयस्थित विद्यार्थी संगठनको माग

महेन्द्रनगर ५ बैशाख ।
सुदूरपश्चिम विश्वविद्यालयस्थीत विद्यार्थी संगठनले कोरोना संक्रमण बढ्दै गएकोले वैकल्पीकमाध्यमबाट पठनपाठन र परिक्षा सञ्चालन गर्न माग गरेको छन् ।

आईतबार विद्यार्थी संगठनले प्रेस विज्ञप्ती जारी गदैँ कोरोना संक्रमण बढीरहेकाले वैकल्पीक विधि मार्फतबाट पठनपाठन र परिक्षा सञ्चालन गर्न माग गरेका हुन् । संगठनले संक्रणम बढ्दै गएकाले विद्यार्थीको भविष्यमा खेलाचिँ नगर्न विश्वविद्यालयको ध्यानार्कषण गराएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालय अनेरास्वीयुका अध्यक्ष रोहित गजुरेले कोरोना संक्रमण दिनप्रति दिन बढीरहेकोले स्वास्थ्य संवेदशिलतामा संगठनको ध्यानार्कणषण भएको बताए । उनले पश्चिमी नाकासँग जोडिएको यस क्षेत्र संक्रमणको जोखिम उच्च रहेको बताए ।


त्यस्तै अखिल क्रान्तिकारीका अध्यक्ष गणेशराज मिश्रले विश्वविद्यालयका प्राध्यापकहरु समेत कोरोना संक्रमणका लक्षण देखिएकाले तत्काल सर्तकता अपनाउनु पर्ने बताए । उनका अनुसार कोरोना भाईरसको दोस्रो लहर तिव्र रुपमा वृद्धि भईरहेकाले पठनपाठन र परिक्षा अनलाईनमार्फत गर्न माग गरिएको हो ।

प्रेस विज्ञप्तीमा अनेरास्वीयुका रोहित गजुरेल, अखिल क्रान्तिकारीका गणेशराज मिश्र, नेवि संघका लोचन कार्की, अखिल क्रान्तिकारीका नागेन्द्र जोशी, अखिल छैटौँका दिपेन्द्र कार्की, वैज्ञानीक समाजवादी विद्यार्थी संगठनका शंकर बोहराले हस्ताक्षर गरेका छन् ।

प्रेस विज्ञप्ती

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्