कोरोना संक्रमण बढेपछि कैलालीमा १० दिनसम्मका लागि विद्यालय बन्द गर्ने प्रशासन निणर्य

धनगढी,५ बैशाख । कैलालीमा १० दिन विद्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय तहलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट ब्यवस्थापन समितिको बैठकले कोभिडलाई मध्यनजर गर्दै कैलालीमा आगामी १० दिनसम्म विद्यालय बन्द गर्न आग्रह गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए ।

सो अवधिमा विद्यार्थीले परीक्षाको तयारी गर्न सक्ने समेत जनाएको छ । कोरोनाको अवस्थालाई हेरेर आगामी १० दिन पछि सबै विद्यार्थीहरुको परीक्षा गर्न सकिने समेत जनाएको छ । बैठकमा जिल्लाका सबै स्थानिय तहका जनप्रतिनिधीको सहभागिता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्