सोमबार बस्ने माओवादी स्थायी कमिटी बैठकले सरकारसँग समर्थन फिर्ता लिने

काठमाडौँः नेकपा माओवादी केन्द्रले सोमबारका लागि स्थायी कमिटी बैठक आह्वान गरेको छ ।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार दिउँसो १ बजे बैठक बोलाइएको हो । केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता, पार्टी सांगठानिक संरचना निर्धारणबारे कार्यदलको सुझाव, केन्द्रीय कमिटी बैठक बोलाउने लगायत विषयमा बैठकको छलफल केन्द्रित हुने बताइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने अबको केही दिनमै काठमाडौँको राजनीति फेरिने प्रतिक्रिया दिएका छन् । कर्णाली प्रदेशमा माधव नेपाल समूहका सांसदले फ्लोर क्रस गर्दै माओवादी केन्द्रको सरकारलाई साथ दिएपछि काठमाडौँको राजनीति पनि प्रभावित बनेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्