नरेश गिरी
महेन्द्रनगर १८ बैशाख । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले लकडाउनमा थप कडाई गरेको छ । प्रमुख जिल्ला अधिकारी राम कुमार महतोद्धारा शनिबार जारी गरिएको आदेश अनुसार अब तरकारी र खाद्यान्न पसल हप्तामा तीन दिन मात्रै खोल्न पाईने छ ।
खाद्यान्न र तरकारीका पसल आईतबार, मंगलबार र बिहिबार बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछन् । औषधी तथा स्वास्थ्य सामाग्री, दुग्धडेरी एंव्म पेट्रोलियम पदार्थ वितरण केन्द्र स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गरेर सञ्चालन गर्न पाईनेछ । भने अन्य व्यवसायको हकमा बैशाख १४ गतेको निणर्य लागु हुने प्रशासन कार्यायलले जनाएको छ ।
साथै आदेश कार्यान्वयमा अवरोध सिर्जना गरे कानुन अनुसार कारर्वाही गरिने समेत प्रशासन कार्यालयले चेतावनी समेत दिएको छ ।
प्रमुख जिल्ला अधिकारी राम कुमार महतोद्धारा शनिबार जारी गरिएको आदेश


