महाकाली अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु

महेन्द्रनगर ।
महाकाली अस्पतालमा उपचाररत दुई संक्रमितको आइतवार बिहान मृत्यु भएको छ ।
अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. गोविन्द रोकायाका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका–७ की ५५ वर्षीया महिला र भीनपा–१८ का ४७ वर्षीय पुरुष रहेका छन् ।

महिलालाई शनिवार इमरजेन्सि वार्डमा अक्सिजनको सहायतामा उपचार भइरहेको भए पनि स्वासप्रस्वासमा समस्या देखिएको र उपचार गरिरहेको अवस्थामा मृत्यु भएको उनले बताए ।

यस्तै पुरुषलाइ १४ गते अस्पतालमा भर्ना गरिएको थियो । १६ गते सघन कक्षमा राखेर उपचार भईरहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्