महेन्द्रनगर १९ बैशाख ।
कञ्चनपुरको वेदकोट नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई १० लाख सहयोग सहयोग रकम हस्तान्तरण गरेको छ । आईतबार नगर प्रमुख अशोक कुमार चन्दले अस्पतालमै पुगेर अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर) र अस्पतालका मेसु डाक्टर हरिकुमार श्रेष्ठलाई १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।
नगरपालिकाले केहिदिन अगाडी मात्रै अस्पताललाई अक्सीजन आपुर्तीका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो । सोही अनुसार आईतबार बिहान अस्पताललाई सहयोग गरिएको नगर प्रमुख चन्दले बताए । उनको अुनसार नगरपालिकाले कोरोना संक्रमित बढ्दै गएका र अस्पतालमा अक्सीजन अभाव हुन थालेपछि सहज आपुर्तीका लागि नगरपालिकाले सहयोग गरेको हो ।
सहयोग रमक ग्रहण गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले नगरपालिकालाई धन्यवाद दिए । उनले सहयोग रकमबाट अक्सीजन प्लान्ट स्थापना एंव्म सिलिन्डर खरिद गर्न सहज हुने बताए । साथै अस्पतालले अन्य संघ संस्था र सहयोगीतालाई सहयोगको अपील समेत गरेको छ ।