वेदकोटका नगरप्रमुख चन्दलाई कोरोना संक्रमण, अवस्था सामान्य

महेन्द्रनगर १९ बैशाख ।
कञ्चनपुरको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दलाई कोरोना पुष्टी भएको छ । आईतबार आएको रिपोर्ट अनुसार नगर प्रमुख चन्द्रलाई संक्रमण पुष्टी भएको हो ।
आफुलाई कोरोना संक्रमण पुष्टी भएको जानकारी नगर प्रमुख चन्दले फेसबुक स्ट्याटस मार्फत सार्वजनिक गरेका छन् । उनले फेसबुकमा लेखेका छन् ।

‘आज बेदकोट नगरपालिकाको कार्यालयमा कोभिड १९ को रोकथाम नियन्त्रण र उपचार सम्बन्धमा कार्य गरिरहदै गर्दा दिउँसो ३ः२० बजे कोभिड १९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । मेरो स्वास्थ्य अवस्था सामान्य रहेको छ, सामान्य खोकी र जिउ दुख्ने गरेको छ । म आइसोलेसनमा बसेको छु । यस बीचमा हामीसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनु हुन अनुरोध गर्दछु ।’

नगर प्रमुख चन्दको स्वास्थ्य अवस्था सामान्य रहेको छ । भने उनि घरमै आईसोलेसनमा बसेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्