बैतडीमा युवा थाले ‘काँ हो ब तमरो मास्क’ अभियान

बैतडी १९ बैशाख ।
बैतडीको दोगडाकेदार गाउँपालिकाकामा पब्लीक पावर ग्रुपका युवाहरुले कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि जनचेतना मुलक अभियान सुरु गरेका छन् ।

पब्लीक पावर ग्रुपका केन्द्रीय अध्यक्ष एवम् सामाजिक युवा अभियान्ता भोजराज जोशी क्लालिटीको पहलमा दोगडाकेदारमा उक्त अभियान सञ्चालन गरिएको हो ।
आईतबारबाट सुरु भएको उक्त अभियान अन्र्तगत मास्कको अनिवार्य प्रयोग गर्न स्थानीय सचेत गराईको र मास्क समेत वितरण गरिएका सामाजिक युवा अभियान्ता क्लालिटीले बताए ।


उनका अनुसार कोरोना भाईरसको संक्रमण बढीरहेकोले त्यसको नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन पब्लीक पावर ग्रुपका युवाहरु अग्रसर भएका हुन् ।
आइतबार गाउँपालिकाको वडा नं ३ खिरेगाउँ, खोचलेक, सिल्लेगडाबजार क्षेत्रमा मास्क वितरण गरिएको छ भने सोमबारदेखि जिल्लाका अन्य बजारक्षेत्रमा बितरण गर्ने अध्यक्ष क्लालिटीले बताए ।

“पहिलो चरणमा जिल्लाका विभिन्न बजार क्षेत्रमा वितरण गर्ने योजना छ, त्यसपछि दोस्रोचरणमा गाउँघरमा समेत वितरणको योजना बनाएका छौं”
कोरोना महामारीको दोस्रो लहर सुरु भएसंगै संक्रमणको जोखिम बढिरहेकोले निःशुल्क मास्क बितरण गर्न थालिएको उनको भनाई छ ।
ग्रुपले बेलाबेलामा विभिन्न समाजिक रुपमान्तरण अभियान सञ्चालन गदैँ आएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्