महेन्द्रनगर २० बैशाख ।
कञ्चनपुरमा सोमबार थप ६७ जनाको कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार आज ५ जनाको पिसिआर र ६२ जनाको एन्टीजेन परिक्षणबाट संक्रमण पुष्टी भएको हो ।
संक्रमित हुनेमा भीनपाका २, कृष्णपुर नगरपालिकाकाका १ र पुर्नवास नगरपालिकाका २ जना रहेको छन् । त्यस्तै एन्टीजेन परिक्षणको रिर्पोट अनुसार गड्डाचौकी हेल्थ्य १०, भीमदत्त १६, दोधराचाँदनी २६, वेदकोट ५, बेलौरीमा ४ र पुनर्वासमा १ जनामा संक्रमण पुष्टी भएको हो । हालसम्म ७ हजार ५ सय ४८ जनामा एन्टीजेन परिक्षण गरिएकोमा ९ सय ९३ जनामा संक्रमण पुष्टी भएको छ ।
५४ जना डिस्चार्ज
कञ्चनपुरमा सोमबार मात्रै ५४ जना संक्रमित निको भएर घर फर्केका छन् । एन्टीजेन ३८ र पिसीआर पोजेटिभ १६ जना रहेका छन् । जिल्लामा हालसम्म १७ सय १७ जना निको भईसकेको छन् ।
पाँच संक्रमितको मृत्यु
जिल्लामा सोमबार थप ५ जना संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जसमा ४ जना भीमदत्त नगरपालिका र एक जना दोधराचाँदनी नगरपालिकाका रहेका छन् ।