महेन्द्रनगर २० बैशाख ।
कञ्चनपुर,२० बैशाख । कञ्चनपुरमा लकडाउनको अवधि बढाईको छ । नयाँ भेरियन्टको कोरोना भाईरसको संक्रमणको अवस्था बढीरहेकोले जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको अवधि बढाएको हो ।
कोरोना महामारीको दोस्रो लहरलाई मध्यजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गत बैशाख १४ गते एक साताको लागि निषेधाज्ञा जारी गरेको थियो ।
जिल्लामा कोरोना संक्रमणदर बढ्दै गएको भन्दै बैशाख ३१ गतेसम्मलाई निरन्तरता दिने प्रमुख जिल्ला अधिकारी राम कुमार महततोद्धारा हस्ताक्षरित आदेशमा उल्लेख गरिएको छ ।
यसअघि जिल्लामा १६ गते बिहान ६ बजेदेखि २२ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।
यस्तो छ आदेश
