महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो ३ दिनमा कोरोनाका कारण १५ जनाको मृत्यु भइसकेको छ । सोमबार जिल्लामा एकैदिन थप ५ जना संक्रमितको मृत्यु भएको महाकाकली अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा.गोविन्द रोकायाले बताए ।
उनकाअनुसार जिल्ला स्थित भीमदत्त नगरपालिका–६ की २४ वर्षिया महिला,वडा नम्बर १८ की ६५ वर्षिया महिला, वडा नम्बर १८ कै ३७ वर्षिय पुरुष, वडा नम्बर १३ का ७४ वर्षिय पुरुष र दोधारा चाँदनी नगरपालिका–१० का ३४ वर्षिय पुरुषको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय कञ्चनपुरले पछिल्लो तीन दिनमा मात्रै १५ जना संक्रमितको मृत्यु भएको जनाएको छ । कार्यालयको तथ्याङक अनुसार बैशाख १८ गते जिल्लाको भीमदत्त नगरपालिका–१८ का ३२ ,५२ वर्षिय पुरुष,वडा नम्बर १४ की ४८ वर्षिया महिला,वडा नम्बर ६ का ३४ वर्षिया पुरुष र बेलडाँडी गाउँपालिका–२ का ७५ वर्षिय पुरुष गरी ५ जनाको मृत्यु भएको थियो । त्यस्तै १९ गते भीमदत्त नगरपालिका–१८ का ४८,६५ वर्षिय पुरुष, वडा नम्बर ७ की ५४ वर्षिया महिला,वडा नम्बर ३ का ९२ वर्षिय पुरुष र बेलाडाँँडी गाउँपालिका–१ का ५५ वर्षिय पुरुषको कोरोनाका काराण मृत्यु भइसकेको छ ।
महाकाली अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा. रोकायाले भने ‘पछिल्लो तीन दिनमा बैशाख १८,१९ र आज २० गते प्रत्यक दिन ५÷५ गरि १५ जनाको मृत्यु भएको छ ।’
त्यस्तै जिल्लामा आज (सोमबार) थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार महाकाली अस्पतलाको प्रयोगशालामा गरिएको परिक्षणमा भीमदत्त नगरपालिकाका दुई, कृष्णपुर नगरपालिकाका एक र पुनर्वास नगरपालिकाका दुई जना गरि जम्मा ५ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै जिल्लाका विभिन्न अस्पतालबाट कोरोना निको भई ५४ जना डिस्चार्ज भएका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।