अखिल क्रान्तिकारी विद्यार्थी संगठनको पहलमा कञ्चनपुरमा डेरा गरि बस्ने विद्यार्थीलाई घर पठाईदैँ

कञ्चनपुर, २१ बैशाख

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको पहलमा लकडाउनमा समस्या परेका विद्यार्थीलाई घर पठाउने काम भईरहेको छ ।
विद्यार्थी नेता बिरेन्द्र राज विष्ट नेतृत्वको अखिल क्रान्तिकारी विद्यार्थी संगठन कञ्चनपुरले लकडाउनका बेला समस्यामा परेका विद्यार्थीको घर पठाउन पहल गरेको हो ।

बढ्दै गएको कोरोना महामारी रोकथामका लागि स्थानीय प्रशासनले बैशाख मसान्त सम्ममा लकडाउन गरेसंगै विभिन्न जिल्ला घर भई महेन्द्रनगर सहित जिल्लाका अन्य स्थानमा डेरा गरि अध्ययनमा रहेका विद्यार्थीको समस्या मध्य नगर गर्दैं क्रान्तिकारीले उद्दार गरिरहेको क्रान्तिकारी विद्यार्थी संगठन कञ्चनपुरले जनाएको छ ।
अखिल क्रान्तिकारी कञ्चनपुरका उपाध्यक्ष कैलाचन्द्र गिरीले लकडाउनका कारण विद्यालय, क्याम्पस बन्द भएपछि डेरा गरि अध्ययनमा गर्दै आएका विद्यार्थीलाई समस्या परेपछि उनीहरुको समस्या मध्य नजर गर्दै संगठनले उद्दार गरिरहेको बताए ।


उपाध्यक्ष गिरीका अनुसार संकटमा परेका विद्यार्थीले क्रान्तिकारीसंग गरेको अनुरोध बमोजिम क्रान्तिकारीले प्रशासन, प्रहरी, ट्राफिक प्रहरी सहित यातायात व्यवसायीसग सहकार्य गरेर विद्यार्थीको घरसम्म पु¥याउने कार्य अघि बढाईएको छ । हालसम्म बझाङ्ग, बैतडी, पाटन, बाजुरा जिल्लाका विद्यार्थीलाई उनीहरुकै गन्तव्यसम्म पु¥याईएको छ । ‘हालम्म दुई सय विद्यार्थीलाई घरसम्म पु¥याउने प्रबन्ध मिलाएका छौँ, ‘उनले भने, ‘अझैपनि स्वास्थ्यका मापदण्ड पुरा गरि पु¥याउँनेछौँ ।’


गत बर्ष लकडाउनका कारण अलपत्र परेका विद्यार्थीको उद्दार, राहतको समस्या मध्य नजर गर्दै यस बर्ष शुरुवाती चरणदेखि नै उद्दारमा जुटिएको बताए । क्रान्तिकारीका उपाध्यक्ष गिरीले आफुहरुको काम संकटमा परेका विद्यार्थीको सक्दो सहयोग गर्ने बताए ।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष बिरेन्द्रराज विष्टले लकडाउनमा समस्या परेका विद्यार्थीको उद्दार कार्य सरकारको दायित्व भएपनि सरकारबाट पहल नभएकाले क्रान्तिकारीले विभिन्न सयन्त्रसंग समन्वय गरेर उद्दार गर्न गरिरहेको बताए । ‘सकटमा परेका विद्यार्थीको उद्दार, सहयोग गर्ने हाम्रो दायित्व नै हो, ‘अध्यक्ष विष्टले भने, ‘त्यही भएर उद्दारमा जुटेका छौँ ।’ अझै विकराल रुप देखा परे बाँकी डेरमा रहेका विद्यार्थीको उद्दार गछौँ ।’

क्रान्तिकारी विद्यार्थीले उद्दार गरि घरसम्म पु¥याउने प्रबन्ध मिलाएसंगै विद्यार्थी हर्षित भएका छन । विद्यार्थीको वास्तविक पिरमर्का र महासंकटका बेला सहयोग गरेको उद्दार भएका विद्यार्थीले क्रान्तिकारी संगठनले वास्तविक विद्यार्थीको पीडा बुझेको बताएका छन ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्