बैतडीमा जिप दुर्घटनाः ४ जनाको मृत्यु

महेन्द्रनगर । बैतडीमा जिप दुर्घटना हुदाँ ४ जनाको घटना स्थलमै ज्यान गएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द सिंह भण्डारीको शव पोष्टमार्टमका लागि सदरमुकाम गोठलापानी लैजादैँ गरेको से १ ज १८३ नम्बरको बोलेरो जिप पञ्चेश्वर गाउँपालिका–६ स्थित गणमेश्वर मन्दिर नजिकै दुर्घटना हुदाँ ४ जनाको मृत्यु र ६ जना गम्भिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा परि पञ्चेश्वर गाउँपालिका–६ का अन्दाजी ५० वर्षिय जित भण्डारी, ३० वर्षिय डम्मर सिंह भण्डारी,२७ वर्षिय हिक्मत भण्डारी र ४० वर्षिय दिपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवम् प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

‘वडा सदस्य गोविन्द भण्डारीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजादै गरेको जिप दुर्घटना हुदाँ उक्त जिपमा सवार १० जना मध्ये ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।’ प्रहरी निरीक्षक खड्काले भने ‘बाकीँ ६ जना गम्भिर घाइते भएका छन् ।’

उनका अनुसार गाडी ब्याक गरेर मोड्ने बेला दुर्घटना भएको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको प्रवक्ता खड्काले जानकारी दिए ।

वडा सदस्य भण्डारीको सोमबार चट्याङ लागेर मृतयु भएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्