विद्यार्थी नेता जोशीको पहल महेन्द्रनगरमा अध्ययनरत विद्यार्थीलाई घर पठाईयो

महेन्द्रनगर २१ बैशाख । लकडाउनमा महेन्द्रनगरमा अलपत्र परेका विद्यार्थीलाई घर पठाईएको छ । कञ्चनपुरका विद्यार्थी नेता शंकर जोशीको पहलमा दार्चुला घर भई महेन्द्रनगरमा डेरा गरि पढ्दैँ आएका विद्यार्थीलाई घर पठाईएको हो ।
विद्यार्थी नेता जोशीका अनुसार लकडाउनमा अलपत्र परेका विद्यार्थीलाई सवारी पासको व्यवस्था परि घर पठाईएको हो । उनले लकडाउनमा समस्यामा परेका विद्याथीलाई प्रशासनसँग अनुमती लिएर घर पठाईएको बताए ।


लकडाउनका कारण विद्यालय, क्याम्पस बन्द भएपछि डेरा गरि अध्ययनमा गर्दै आएका विद्यार्थीलाई समस्या परेपछि उनीहरुको समस्या मध्य नजर गर्दै ं विद्याथी नेता जोशीले विद्यार्थीहरुलाई घर पठाउन प्रशासन, प्रहरी, ट्राफिक प्रहरी सहित यातायात व्यवसायीसग सहकार्य गरिको बताए ।
स्वास्थ्यका मापदण्ड पुरा गरि ६० विद्यार्थीलाई घरसम्म पुर्याएको उनको भनाई छ । उनले गत वर्षको लकडाउनमा पनि अलपत्र परेका विद्यार्थीको उद्दार, राहत वितरण कार्य समेत गरेको थिए ।


‘समस्यमा परेका विद्यार्थीलाई सहयोग गर्नु हाम्रो दायित्व नै हो उनले भने ‘त्यही भएर उद्दारमा जुटिरहेको छु, समस्यामा परेको कोही भए सम्पर्क गर्न सक्दो सहयोग गर्न तयार छु ।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्