कञ्चनपुरका ५ सहकारीद्धारा महाकाली अस्पताललाई ५ लाख ५७ हजार सहयोग

हेन्द्रनगर २२ बैशाख ।
नयाँ भेरियन्टको कोरोना भाईरसका संक्रमीतलाई अक्सीजन अभाव भईरहेका बेला कञ्चनपुरस्थित सहकारी संस्थाहरुले आर्थिक सहयोग गरेका छन् । अक्सीजनको आपुर्तीमा सहजता ल्याउन जिल्ला स्थित पाँच वटा सहकारी संस्थाहरुले महाकाली अस्पताललाई ५ लाख ५७ हजार एक सय ११ रुपयाँ आर्थिक सहयोग गरेको हुन् ।

निङ्गाशैशी बहुउद्देश्यीय सहकारी संस्था सहयोग रमक हस्तान्तरण गदैँ


कोरोना संक्रमितलाई अक्सीजन र अन्य स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यकासाथ सहकारीले महाकाली अस्पताललाई आर्थिक सहयोग गरेका हुन् । आर्थिक सहयोग अभियान अन्र्तगत उदयदेव बहुउद्देश्यीय सहकारी र मेघा ऋण तथा बचत सहकारी संस्था समान एक लाख ५० हजार गरि तीन लाख रुपयाँ सहयोग गरेका हुन् ।

त्यस्तै साना किसान कृर्षी सहकारी संस्था सुडाले एक लाख ५५ हजार, निङ्गाशैशी बहुउद्देश्यीय सहकारी संस्थाले ५१ हजार एक सय ११ र देवशक्ति बचत तथा ऋण सहकारी संस्थाले ५१ हजार रुपयाँ सहयोग गरेको अस्पतालले जनाएको छ ।

उदयदेव बहुउद्देश्यीय सहकारीसंस्था सहयोग रमक हस्तान्तरण गदैँ

कञ्चनपुर बहुउद्देश्यीय संघका अध्यक्ष एंवम निङ्गाशैनी बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम सिंह भाटले महामारीका बेला संक्रमितको ज्यान जोगाउनका लागि आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्थापनका लागि बुधबार आर्थिक सहयोग गरिएको बताए ।

जिल्लामा रहेका सहकारीलाई अक्सीजन आपुुर्तीका लाथि सक्दो आर्थिक सहयोग गर्न आग्रह गरिएको उनले बताए । उा चार सय बढी सहकारी संस्था रहेकोमा करिब १ सय ५० सहकारी संस्था आर्थिक रुपमा सबल छन् । कृर्षी तथा दुग्ध सहकारीहरु सामान्य कोषबाट सञ्चालित रहेकोले आर्थिक सहयोग जुटाउन सक्ने अवस्था नरहेको उनको भनाई छ ।

त्यस्तै उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश चन्दले अस्पतालमा अक्सीजनको सहज आपुर्तीका लागि आर्थिक सहयोग गरिएको बताए । उनले अस्पतालमा आर्थिक अभावका कारण कोेरोना संक्रमितलाई अक्सीजन आपुर्ती गर्न समस्या देखिएपछि सहकारीले एक लाख ५० हजार सहयोग गरेको बताए ।

मेघा ऋण तथा बचत सहकारी संस्था सहयोग रमक हस्तान्तरण गदैँ

मंगलबार उदयदेव बहुउद्देश्यीय सहकारीले संस्थाको २३ औं स्थापना दिवसको अवसरमा अस्पताललाई आर्थिक सहयोग हस्तान्तण गरेको थियो । उनले सामाजिक संञ्जाल फेसबुकमार्फत जिल्लास्थित सहकारीलाई महाकारीमा सक्दो सहयोगका लागि अपील गरेका थिए । सोही अनुरुप जिल्लाका सहकारीले महाकाली अस्पतालाई आर्थिक सहायता दिने क्रम जारी राखेका छन् ।

देवशक्ति ऋण तथा बचत सहकारी संस्था सहयोग रमक हस्तान्तरण गदैँ


त्यस्तै देवशक्ति बचत तथा ऋण सहकारी संस्थाका सचिव बिरेन्द्र प्रंशाद भट्टले महामारीका बेला सहकारीबाट सक्दो सहयोग गरिएको बताए । उनले सहकारीतर्फबाट बुधबार महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)लाई चेक हस्तान्तरण हुन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले संकटको समयमा सबैतिरबाट सहयोग मिलिरहेको बताए । उनले हालसम्म पाँच वटा सहकारीले अक्सीजनको सहज आपुर्तीका लागि आर्थिक सहयोग गरेको बताए । अस्पतालले सहयोगको अपीलसहित सहयोगीदातालाई धन्यवाद समेत ज्ञापन गरेको छ । अस्पतालमा दैनिक बिरामीको चाँप बढीरहेकाले अक्सीजन खपत उच्च हुने गरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्