कञ्चनपुरमा तरकारी र खाद्य सामग्री किन्न जाँदा ग्लोब्स र फेस शिल्ड अनिवार्य

महेन्द्रनगर २२ बैशाख
कञ्चनपुर लकडाउनमा थप कडाई गरिएको छ । प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले सब्जीमण्डी भिड हुन थालेपछि बुधबार थप आदेश जारी गरेका छन् ।
तरकारी, फलफूल र खाद्य सामग्री खरिद, बिक्री गर्न छुट्याइएको समयमा ग्राहकको उपस्थिति बढी हुने गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मास्क, ग्लोब्स र फेस शिल्ड अनिवार्य प्रयोग गर्न आदेश जारी गरेको हो ।


कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा जारी आदेशमा वैशाख २० गतेको आदेश बमोजिम आइतवार, मंगलवार र बिहीवार बिहान ६ बजेदेखि ९ बजेसम्म खरिद बिक्रीमा जाँदा फेस शिल्ड समेत अनिवार्य गरिएको छ ।
कञ्चनपुरमा वैशाख २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।


प्रशासनको आदेश

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्