नेपाली सेनाद्धारा गड्डाचौकी नाकामा होल्डीङ निर्माण कार्य सुरु(फोटो फिचरसहित)

नगर प्रमुखउप प्रमुखद्धारा अनुगमन


वैशाख २३, महेन्द्रनगर ।
भारतसँग जोडिएको कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा अस्थायी होल्डिङ सेन्टर निर्माण गरिने भएको छ ।
भारतबाट फर्किने नेपालीलाई कोरोना संक्रमण परीक्षण अवधिसम्म राख्नका लागि नाकामा होल्डीङ सेन्टर निर्माण गर्न लागिएको हो । भीमदत्त नगरपालिकाले नेपाली सेना लगायत अन्य साझेदार संस्थाहरुसँगको सहकार्यमा नाकामा होल्डीङ सेन्टर निर्माण गरिएको हो ।
सीमामा स्थायी होल्डिङ सेन्टर बनाउने सरकारको निणर्य भएपछि त्यसका लागि आवश्यक बजेट नपठाउँदा नगरपालिकाले आफ्नै स्रोत साधनबाट अस्थायी होल्डीङ सेन्टर निर्माण गर्न लागेको हो । नेपाली सेनाले बिहिबारबाट नाका होल्डिङ सेन्टर निर्माण कार्य सुरु गरेको हो ।
होल्डिङ सेन्टर निर्माण कार्यको बिहिबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र उप प्रमुख शुसिला चन्द सिंहलगायतको नेतृत्वले अनुगमन समेत गर्नु भएको छ ।
नगर प्रमुख सुरेन्द्र विष्टले नाका तत्काल होल्डिङ सेन्टर निर्माणका लागि निर्देशन गरिएको बताउँनु भयो । उहाँका अनुसार संक्रमणको दर बढ्दै जाँदा नाकामा आउने नेपालीको संख्या बढी रहेकोले जतिसक्दो चाँडो होल्डीङ सेन्टर निर्माण गर्ने पक्षमा नगरपालिका रहेको छ ।

‘सरकारले स्थायी रुपमा भारत सँग जोडिएका सिमा क्षेत्रहरुमा होल्डिङ सेन्टर बनाउने भनेर निर्णय गरेको थियो, निर्णय गरेको भएपनि बजेट व्यवस्थापनको कुरामा ढिलाइ भयो’, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भन्नु भयो, ‘स्थायी रुपमा सरकारले होल्डिङ सेन्टर बनाउने निर्णय गरेको भएपनि नगरपालिकाले नेपाली सेना, निड्स नेपालसँग साझेदारी गरेर अस्थायी रुपमा भएपनि होल्डिङ सेन्टर निमार्ण कार्य सुरु गरेको हो ।


सरकारीले स्थायी रुपमा बनाउने भनेपनि नगरपालिकाले स्वदेश फर्कने नेपाली नागरिकको सहजताका लागि केही दिनको लागि भएपनि अस्थायी रुपमा होल्डिङ सेन्टर निमार्ण गर्न लागेको नगर प्रमुख विष्टको भनाइ छ ।


नेपाली सेनाद्धारा निर्माण भईरहेको होल्डिङ सेन्टर
फोटोः मदन गिरी

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्