महेन्द्रनगर २३ बैशाख ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियू कञ्चनपुरको पहलमा लकडाउनमा अलपत्र परेका विद्यार्थी घर पठार्ईको छ ।
अनेरास्ववियू केन्द्रीय सदस्य कमल रोकाया लगायत कञ्चनपुरका अनेरास्ववियू नेता रबिन नाथ, सरोज भण्डारी र मनोज जोशीको पहलमा जिल्लामा डेरा गरि अध्ययनरत विद्यार्थीलाई दार्चुलाको गोकुलेश्वरसम्म सवारी पाससहित बस व्यवस्थापन गरि गन्तव्यतर्फ पठाईएको हो ।
विद्यार्थी नेता नाथले लकडाउनमा समस्यामा परेका विद्यार्थीलाई प्रशासनसँग अनुमती लिएर घर पठार्र्ईएको बताए । उनका अनुसार बिहिबार संगठनको पहलमा ५५ जना विद्यार्थीलाई बस र हाईसबाट घर पठाईएको हो ।
अगामी दिनमा पनि बन्दाबन्दीकै अवस्था रहे समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्न संगठन प्रतिवद्ध रहेको उनको भनाई छ । अनेरास्ववियू कञ्चनपुरले केही दिन अगाडी पनि कञ्चनपुरबाट विद्यार्थीलाई बैतडी पठाएको थियो ।
संगठन समस्यामा परेका विद्यार्थीलाई सहयोग र उनिहरुको हकहितमा काम काम गदैँ आईरहेको छ ।