नरेश गिरी
महेन्द्रनगर २४ बैशाख । कञ्चनपुरस्थित मडिलेक मेडिसिन डिष्ट्रीव्युटर्सद्धारा महेन्द्रनगर वडा प्रहरी र ट्राफ्रिकलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर बढी रहेकाले बेला मडिलेक मेडिसिन डिष्ट्रीव्युटर्सका म्यानेजिङ डाईरेक्टर एंवम् सञ्चालक कोमल निरञ्जन भाटले शुक्रबार महेन्द्रनगर वडा प्रहरी र ट्राफ्रिक प्रहरी स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

उनका अनुसार कोरोना कहरमा फ्रन्टलाईनमा खटिएर काम गरिरहेका प्रहरीलाई स्वास्थ्य सुरक्षाका लागि सामाग्री वितरण गरिएको हो । डिष्ट्रीव्युटर्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत प्रहरीलाई मास्क र सेनिटाईजर वितरण गरेको जनाएको छ ।
जिल्ला ट्राफ्रिक कार्यालयका प्रमुख प्रहरी निरिक्षक केशब भट्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका कार्यालयका प्रमुख एवम् प्रहरी निरिक्षक अमर बहादुर माझीलाई सञ्चालक भाटले स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।

साथै उनले सबैको जिउज्यान रक्षाका लागि उच्च जोखिममा फ्रान्टलाईनमा काम गरिरहेका सुरक्षाकर्मीलाई सबैले सम्मान र सहयोग गर्नु पर्ने बताए । जिल्लामा मानव अधिकारकर्मी तथा सञ्चारकर्मीको रुपमा स्थापीत भाटले केही महिना अगाडीबाट मात्रै मेडिसिन न डिष्ट्रीव्युटर्स व्यवसाय सञ्चालनमा ल्याएका हुन् ।
साथै उनले अगामी दिनमा पनि डिष्ट्रीव्युटर्सले फ्रन्टलाईनरहरुलाई स्वास्थ्य सामाग्री वितरण कार्यलाई निरन्तरता दिने बताए ।
वडा प्रहरी निरिक्षक माझीले कोरोना महामारीकाबिच स्वास्थ्य सामाग्री सहयोग पाएकोमा डिष्ट्रीव्युटर्सलाई धन्यवाद दिए । स्वास्थ्य सामाग्रीले ड्युटीमा खटिले सुरक्षाकर्मीलाई वितरणमा सहयोग पुग्ने उनको भनाई छ ।

त्यस्तै ट्राफ्रिक प्रहरी निरिक्षक केशब भट्टले पनि स्वास्थ्य सामाग्रीको अभाव रहेका बेला न डिष्ट्रीव्युटर्सले गरेको सहयोग महत्वपुर्ण रहेको बताए । उनले स्वास्थ्य सामाग्रीका लागि डिष्ट्रीव्युटर्सलाई धन्यावाद दिदैँ अगामी दिनमा पनि सहयो्ग सबैमा सहयोगको अपेक्षा गरे ।