विद्यार्थी नेता जोशीको पहलमा महेन्द्रनगरमा कोठा भाडागरि बस्ने दार्चुलाका विद्यार्थीलाई घर पठाइयो

महेन्द्रनगर । विद्यार्थी नेता शंकर जोशीको पहलमा कञ्चनपुरको महेन्द्रनगरमा कोठा भाडा गरी पढ्ने दार्चुलाका विद्यार्थीलाई घर पठाइएको छ ।

विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस न्यूनिकरणका लागि गरिएको लकडाउनका कारण कोठा भाडा गरि बस्ने विद्यार्थीका समस्यालाई मध्यनजर गर्दै आज दार्चुलाका विद्यार्थीलाई घर पठाइएको विद्यार्थी नेता जोशीले बताए ।

‘आज लकडाउनमा फसेका महेन्द्रनगरमा कोठाभाडा गरि बस्ने दार्चुलाका विद्यार्थीहरुलाई घर पठाए ।’नेता जोशीले भने ‘आगामी दिनमा पनि स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै अन्य जिल्लाका विद्यार्थीहरुलाई पनि घर पठाउने छु ।’

विद्यार्थी नेता निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्