प्रधानमन्त्री ओलीद्धारा एमाले सांसदहरूलाई विश्वासको मतको पक्षमा मतदान गर्न आह्वान

‘केही समस्या छन् भने छलफल गरौं’

काठमाडौँ — सरकारलाई विश्वासको मतमाथि संसद्मा मतदान हुन केही घण्टा बाँकी छँदा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना दलका सांसदहरूलाई विश्वासको मतको पक्षमा मतदान गर्न आह्वान गरेका छन् ।

उनले ट्विट गर्दै आफ्ना सांसदहरुलाई केही समस्या भए सँगै बसेर छलफलबाट समाधान खोज्न सकिने पनि बताएका छन् ।

उनले लेखेका छन्, ‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दै छ । त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ।’

आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने जनाउँदै उनले हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने जनाएका छन् । ‘म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं,’ ओलीले लेखेका छन् ।

आफ्ना माग पूरा गर्ने प्रतिबद्धताका लागि ओलीलाई दिएको अल्टिमेटम सकिएपछि एमालेको नेपाल–खनाल समूहले संसद् बैठकमै उपस्थित नहुने तयारी गरेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्