के भएको थियो बि बि मार्टमा, किन सञ्चालक लाई प्रहरीले पक्राउ गर्यो? भिडियो सहित

२ जेठ, महेन्द्रनगर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरे संगै जिल्लाको मुख्य बजार, महेन्द्रनगर पनि ठप्प छ। सम्पूर्ण पसलहरु बन्द छन् भने स्वास्थ्य सेवा प्रदायकहरु र हरेक आइतबार र बुधबार विहान ०६:०० बजे देखि ०९:०० बजे सम्म हफ्ताको दुई दिन मात्र खाद्यवस्तु लगायतका पसलहरु खोल्ने प्रशासनको आदेश रहेको छ ।

सोहि आदेश अनुसार आइतबार महेन्द्रनगरमा रहेको बि बि मार्ट पनि खोलिएको थियो। मार्टमा खाद्यवस्तु बाहेकका अरु समान पनि रहेका छन। तर मार्टका सञ्चालक दिपेन्द्र सिंह ऐरका अनुसार खाद्यवस्तु बाहेक अरु कुनै समान नबेचेको र जसको प्रमाण त्यहाँ काटिएका बिलहरु र सीसी टिभी फुटेज रहेको उनको भनाई छ ।

विहान करिब साढे ८ बजेतिर इन्स्पेक्टर ज्ञानेन्द्र जङ्ग बहादुर सिंहको कमान्डको प्रहरी टोलि बजार निरिक्षणको क्रममा उक्त मार्टमा पुग्यो। मार्टका सञ्चालक र प्रहरी बीच केहीबेर बहस भयो।

बहसमा प्रहरीले भने “सिडियो साबको निर्णय हेर्नुस मार्ट बन्द गर्नुस” मार्ट सञ्चालक ऐरले भने “मैले खाद्यान्न समान बेच्न पाउने कि नपाउने?” जवाफमा प्रहरीले भने “तपाइको खाद्यान्न मात्रै हो”। ऐरले भने “खाद्यान्न मात्रै होइन तर अरु सबै बन्द छ तपाई बिल हेर्नुस।” प्रहरी ले भने “यसरि भिडभाड गर्न पाइन्छ?” जवाफमा ऐर ले “भने भिड छैन सर आउनुस् हेर्नुस् सबैजना लाइनमा हुनुहुन्छ।” लाइन बाहिर लगाउनुस् प्रहरी ले भने र

यति बहस भैसकेपछी प्रहरी इन्स्पेक्टर भित्र गई सञ्चालकलाई समातेर लग्दै गरेको सिसि टिभी फूटेजमा देखिन्छ।

भिडियो: बि बि मार्टको सिसि टिभी फुटेज

के भन्छन सेवाग्राही?

त्यहाँ सामान किन्न भनि गएका वे.न.पा. ८ निवासी महेश राज भट्टका अनुसार “एक्कासी पुलिस आए र ल हिन्नुस भनेर सञ्चालकलाई लगेर जानु भयो। पुलिसले सम्झाई बुझाइ गर्नु पर्ने थियो, यो भएन ल एस्तो गर्नुस भन्नु पर्ने हो तर त्यसो गरेनन् जुन एकदमै गैर-अनुशासित व्यवहार थियो।

उनले थपे “हफ्तामा २ दिन मात्रै खाद्यान्न पसल खुल्छन भिड हुनु स्वभाविक हो जसमा पुलिसले अलि सयंमित भएर लाइन म्यानेज गर्न सहयोग गरिदिनु पर्थ्यो जुन प्रहरीको दायित्व पनि बन्छ तर उनीहरु सटर लगाउ भन्ने हिसाब ले आए जुन एकदमै निराशाजनक थियो”

मार्टमा भिडभाड बढी भएको र सुरक्षा मापदण्ड पुरा नगरेका कारण सञ्चालक दिपेन्द्र सिंह ऐर र विपिन बोहरा गरि जनालाई लाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिएका छन।

आहिले भने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्रति व्यक्ति ६ सय जरिवाना लिई मार्टमा पूर्णरुपमा सुरक्षा मापदण्डको पालना हुनुपर्ने भन्दै दुबै जना लाई छोडिसकेको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्