कञ्चनपुरमा थप ६ जना संक्रमितको मृत्यु,मृत्यु हुनेको संख्या १ सय १५ पुग्यो

महेन्द्रनगर । कञ्चनपुरमा कोरोना भााइरसका कारण मृत्यु हुनेको संख्या १ सय १५ पुगेको छ । आइतबार जिल्लामा थप ६ जना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला स्थित भीमदत्त नगरपालिका–६ का ५० वर्षिय पुरुष,वडा नम्बर ७ की ७८ वर्षिया महिला,बेदकोट नगरपालिका–८५ वर्षिय पुरुष,शुक्लाफाँटा नगरपालिका–१ का ५८ वर्षिय पुरुष,पुनर्वास नगरपालिका–७ का ३६ वर्षिय पुरुष र दोधारा चाँदनी नगरपालिका–७ की ६५ वर्षिया महिला गरि ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

थप ९३ जनामा कोरोना पुष्टि

जिल्लामा आइतबार थप ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुकका अनुसार भीमदत्त नगरपालिकाका ६२ जना,बेदकोट नगरपालिकाका १० जना, बेलौरी नगरपालिकाका १५ जना, कृष्णपुर नगरपालिकाका एक जना,दोधारा चाँदनी नगरपालिकाका दुई जना, लालझाडी गाउँपालिकाका दुई र बेलडाँडी गाउँपालिकाका एक जना गरि ९३ जनामा संक्रमण पुष्टि भएको छ ।

यो संगैँ जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ९८ पुगेको छ । यस्तै आइतबार १ सय १८ जना विभिन्न अस्पताल बाट निको भई डिस्चार्ज भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्